Author
ParbatNepal
Correspondent, ParbatNepal
7 years ago
1936
कालीगण्डकी लोकमार्ग कालोपत्र हुँदै
चैत्र १६, पर्वत । राष्ट्रिय गौरवको सडक आयोजना कालीगण्डकी लोकमार्गको पर्वत खण्ड कालोपत्र हुने भएको छ । सडक खण्ड अन्तर्गत सेतीबेनी देखि रानीपानी सम्मको ९ किलोमिटर सडक कालोपत्र हुने भएको हो ।
संघिय सरकारको ४१ करोडको लागतमा सडक कालोपत्रे हुने भएको हो । ९ किलोमिटर लामो उक्त सडक जिल्लाको विहादी गाउँपालिका भित्र पर्दछ । मिर्मीबाट शुरु हुने यो सडक पर्वतको अर्मादीसम्म ५५ किलोमिटर पर्वत जिल्लाभित्र पर्छ ।
मिर्मी देखि मोदीबेनी सम्म सडकको सबै खण्डको ट्रयाक खोलेर सकिएको छ । पर्वत खण्डमा ४ किलोमिटर बाहेक अन्य खण्ड पुरा भैसकेको छ ।
कालीगण्डकी आयोजना कार्यक्रमका प्रमुख हरिराम दिक्षितले पर्वत खण्डमा
तीन वटा खोलामा पुल बन्न लागेको बताउनुभयो ।
सम्बन्धित समाचार (जिल्ला )
Kokhe Danda Trek
2395
सम्बन्धित समाचार ( मुख्य खबर)
