Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1463




पर्वतका स्थानीय तहमा औषधीको अभाव
पर्वतका स्थानीय तहमा औषधीको अभाव

चैत्र १६, पर्वत । स्थानीय तहलाई स्वास्थ्य चौकी व्यवस्थापन  जिम्मा दिए पनि पर्वतका अधिकांश सरकारी अस्पतालहरुमा औषधीको अभावले उपचारमा समस्या भएको छ ।

पवर्तमा रहेका ५२ स्वास्थ्य चौकी,२ प्राथमकि स्वास्थ्य केन्द्र,३ सामूदायिक स्वास्थ्य इकाई , ५ वटा शहरी स्वास्थ्य केन्द्र र १ जिल्ला अस्पतालमा यो समस्या छ । सामान्य रुघाखोकी,ज्वारो,झाडापखलाका औषधी प्राय यहाँका अस्पतालहरुमा छैनन् । कतिपय अस्पतालहरुमा फर्निचरको समेत व्यवस्था नहुँदा बिरामीहरुको उपचारमा समस्या छ ।

स्थानीय तह मातहमा रहेका अस्पतालमा सवै स्वास्थ्य सेवा नपाए पछि पर्वत जिल्लाका स्थानीयहरु  पोखरा र काठमाडौका विभिन्न अस्पतालहरुमा उपचार गर्न जान बाध्य भएका छन् ।

गाउँघरमा रहेका अधिकाशं स्वास्थ्य चौकीहरुले अन्यत्र औषधी पसलहरुबाट दुई,तीन महिनामा औषधी पु¥याउनु परेको छ । भने,अस्पतालमा पर्याप्त स्वास्थ्य चिकित्सक नहुँदा पनि सेवामा कठिनाइ छ

 

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)