Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1949




कुश्मा बडागाउँमा सडेको अवस्थामा शव फेला
कुश्मा बडागाउँमा सडेको अवस्थामा शव फेला

चैत्र १६, पर्वत । पर्वतको कुश्मा नगरपालिका– ५ बडागाउँमा सडेको अवस्थामा बेबारिसे शव फेला परेको छ । बडागाउँमा स्थित कारगार भन्दा तल पट्टीको भिरमा उक्त शव फेला परेको हो । शव पूर्ण रुपमा सडेगलेको अवस्थामा रहेका कारण महिला वा पुरुष के हो ? त्यो शव कसको भन्ने बारेमा केही पनि खुल्न सकेको छैन ।

शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल पर्वतमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले बताउनु जानकारी दिनुभयो । घाँस काट्नका लागि सोही ठाउँमा पुगेका महिलाहरुले प्रहरीमा खबर गरेपछि मात्र शव भएको थाहा भएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्वतबाट प्रहरी निरीक्षक रबिन्द्रकुमार श्रेष्ठको नेतृत्वमा घट्नास्थलमा पुगेको प्रहरी टोलीले शव र शव भेटीएको ठाउँको मुचुल्का तयार पारेको प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)