Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1780




दुर्लुङको विकासले अब गति लिन्छ : साँसद पदम गिरी
दुर्लुङको विकासले अब गति लिन्छ : साँसद पदम गिरी

१७ चैत्र, पर्वत गृह वडा दुर्लुङ पुगेर सांसद पदम गिरीले भनेअव उराठलाग्दो होइन मोहनी लाग्ने बन्नेछ दुर्लुङ केहि बर्ष अघिसम्म दुर्लुङको डाँडोलाई उराठलाग्दो भनेर ब्यङय गरिदै आएको भन्दै सांसद  गिरीले अव विकासको गतिले दुर्लुङ पनि मोहनी लाग्ने गाउँ बन्ने दावी गरे

सांसदमा निर्वाचित भएको एक बर्ष पछिको एक औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै सांसद गिरीले विकासको हिसाबले निकै पछि परेको दुर्लुङ अव विकासको मूल प्रवाहमा सम्माहित भएको बताए उनले  समग्र पर्वतको विकासको लागि आफूसंग केहि ठोस कार्यदिशाहरु रहेको उल्लेख गर्दै ति सवै योजनाहरु आफ्नो कार्यकालमा सम्पन्न गर्ने प्रतिबद्धता समेत दोहोराए

कुश्मा नगरपालिका वडा दुर्लुङ पुग्नका लागि कुश्मा दुर्लुङ सडकको कालोपत्रे ढलानको काम शुरु भईसकेको भन्दै उक्त सडक आगामी बर्ष सम्पन्न हुने प्रतिबद्धता ब्यक्त गरे सवारी साधान मार्फत दुर्लुङ पुग्न अव कुनै समस्या नरहेको उल्लेख गर्दै सांसद गिरीले सडक पक्कि बनाउने कामसंगै दुर्लुङ पुग्ने पदयात्री पर्यटकका लागि पदमार्ग निर्माण शुरु भएको बताए

 उनले आम्बोट हुँदै दुर्लुङ पदमार्ग, कुश्मा दुर्लुङ सडक कालोपत्रे ढलान, स्वास्थ्य चौकीको भवन निर्माण, होम स्टेको प्रवद्र्धन, क्यानोनिङ खेलको विकास एक घर एक धारा कार्यक्रम पुरा हुँदा दुर्लुङको भौतिक रुपमा ठूलो विकास हुने दावी समेत  गरे   देशभरका सय पर्यटकीय स्थल मध्ये दुर्लुङको क्यानोनिङलाई पर्न सफल भएको भन्दै उक्त स्थानको भौतिक संरचनाको विकास अव छिट्टै हुने विश्वास दिलाए

आफ्नो गृह वडा समेत रहेको दुर्लुङलाई अवको केहि बर्षमा विकसित दुर्लुङ बनाउने उद्घोष दोहेराए कुश्मा देखि दुर्लुङ हुँदै घोडेपानी जोड्ने पदमार्गको शिल्यान्यास गर्दै गिरीले यस्तो धारणा राखेका हुन गिरी सोहि दिन दुर्लुङको चनौट होम स्टेको आतिथ्यता ग्रहण गर्दै होम स्टे मार्फत आन्तरीक बाह्य पर्यटकहरुको आगमनमा बृद्धि गर्ने कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने विचार राखे

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)