Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

2338




पर्वतका सिडियोको अर्का रचनात्मक काम : प्रशासनमा स्थानपान कक्ष स्थापना
पर्वतका सिडियोको अर्का रचनात्मक काम :  प्रशासनमा स्थानपान कक्ष स्थापना

चैत्र १७, पर्वत जिल्ला प्रशासन कार्यालय पर्वतमा स्थानपान कक्ष स्थापना गरिएको कार्यालयमा आउने सेवाग्राही तथा कर्मचारीको सुविधाका लागि स्तनपान कक्ष स्थापना गरिएको हो

प्रशासनले महिला सेवाग्राहीको आवश्यकतालाई ध्यानमा राख्दै प्रशासन हाताभित्र स्तनपान कक्षको व्यवस्था गरेको हो कार्यालयमा आउने शिशुसहितका सेवाग्राही तथा महिला कर्मचारीले आफ्ना बच्चालाई स्तनपान तथा शिशु स्याहार गर्न सहज बनाउने उद्देश्यले आज देखि कार्यालय परिसरमा निर्माण गरिएको स्तनपान तथा शिशु स्याहार कक्ष सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिनुभयो

पछिल्लो समय लैङ्गिक विषयका मुद्धाहरु महत्वका साथ उठिरहेको बेला जिल्ला प्रशासनले पनि त्यसतर्फ काम गर्न प्र्रमुख जिल्ला अधिकारी ढकालले बताउनु भयो पछिल्लो समय कार्यालयमा सेवा लिन आउने महिलाहरुको संख्या बढ्दै जाने कार्यालयभित्र काम हुँदाहुँदै केहि समय कुर्नुपर्ने अवस्थामा सहज रुपमा आफ्ना बालबालिकाको हेरचाह गर्न सकुन सुरक्षित स्थानमा स्तनपान गराउन सकुन भन्ने उद्धेश्यले स्तनपान कक्ष संचालनमा ल्याईएको ढकालको भनाई

ढकालले भन्नुभयो–‘कार्यालयमा काम लिएर आउने कतिपय महिलासँगै स्तनपान गर्ने बच्चा समेत आउँछन, सार्वजनिक स्थानमा लाजका कारण उनीहरुले दुध नखुवाउने गरेका कारण, बच्चाहरु समस्यामा पर्ने, रुने कराउने हुन्छ त्यसैले स्तनपान कक्ष बनाएका हौ ’ ‘समय समयमा आमाको स्तनपान गर्न पाउनु बच्चाको अधिकार हो बच्चाको त्यो अधिकार सुनिश्चित गर्न आमाले सहज तरिकाले स्तनपान गराउन भनेर कक्षको व्यवस्था गरिएको हो,’ उहाँले भन्नुभयो

गण्डकी प्रदेश सरकार अन्तर्गत शहरी विकास तथा भवन डिभीजन कार्यालयको झण्डै रु लाख रुपैयाको लागतमा भवन निर्माण गरी स्तनपान कक्ष बनाईएको हो

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)