Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1949




दुखःद खवर : पर्वतमा भिरवाट लडेर एक युवकको मृत्यु
दुखःद खवर : पर्वतमा भिरवाट लडेर एक युवकको मृत्यु

चैत १७ पर्वत । पर्वतमा भीरवाट लडेर एक युवकको मृत्यु भएको छ । जिल्लाको बिहादी गाउँपालिका–३ रानीपानीका २१ बर्षीय श्रीलाल दर्जीको घर नजिकैको भीरवाट लडेर मृत्यु भएको हो । 

घरबाट बिहान बजार जान्छु भनेर हिँडेका दर्जी दघर नफर्केपछि हिजोबाट खोजी भैरहेको थियो । आज बिहान खोजी गर्दै जाँदा डण्डारेभीरमा शव फेला परेको स्थानीय अमृत भट्टराईले जानकारी दिनुभयो ।

दर्जीले साथीहरु संग बसेर मदिरा पिएको र भीरको बाटो घर फर्किँदै गर्दा लडेर मृत्यु भएको स्थानीयले बताएका छन् । प्रहरीले मृतकको शव पोष्टमार्टमका लागि वालिङ अस्पताल पठाएको छ भने घटनाको अनुसन्धान शुरु गरेको जनाएको छ । 


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)