Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1856




क्रसर उद्योगको दादागिरी – नदी थुनेर व्यापक दोहन
क्रसर उद्योगको दादागिरी – नदी थुनेर व्यापक दोहन

चैत्र १७, पर्वत । कालीगण्डकी नदीमा अवैध तरिकाले गिट्टी वालुवा उत्खनन हुने क्रम बढेको छ । जिल्लाको जलजला गाउँपालिकामा सञ्चालित क्रसर उद्योगले नदीको व्यापक दोहन गर्न थालेका हुन् । नदीमा पानीको सतह घटेपछि नदीको बिच भागमै पुगेर एक्साभेटरले उत्खनन गर्न थालेका छन् भने नदी थुनेर पनि व्यापक रुपमा गिट्टी वालुवा झिक्न थालिएको छ । 

जलजला– ७ लस्तीमा रहेको ओम दक्षिणामकाली क्रसर उद्योगले नदी दोहन गरेको स्थानीयले बताए । रलाई डाइभर्सन गरि म्याग्दीको सारेमारे तर्फ धार परिवर्तन गरि अबैद्य तवरले बालुवा र ढुंगा उत्खनन गरेको स्थानीयबासीले गुनासो गरेको छ । म्याग्दीको बेनी नगरपालिकाको सारेमारे र पर्वतको जलजला गाउँपालिकाको लस्तिको बिच भएर बग्ने कालिगण्डकी नदिको बिचतर्फ रहेको टापुमा गत बर्ष जिल्ला समन्वय समिति म्याग्दीले करिब रु १४ लाखमा ठेक्का लगाएको थियो । 

यो बर्ष उच्च अदालतमा कालीगण्डकी उत्खननको विरुद्धमा परेको मुद्धा फैसला नभएकाले बेनी नगरपालिकाले कालिगण्डकी नदीको कुनैपनि ठाउँमा ठेक्का नलगाएको मेयर हरिकुमार श्रेष्ठले बताउनुभयो । क्रसर सञ्चालक विल्पव हमालले बेनी नगरपालिका क्षेत्रमा पर्ने बगर उत्खननको लागि अनुमति माग्न आएपनि नगरपालिकाले स्विकृत दिइनसकेको कारण बगर उत्खननको सम्बन्धमा थप बुझ्ने प्रयासमा रहेको उहाँले बताउनुभयो ।‘‘उहाँले बेनी नगरको बगर समेत उत्खननको लागि निवेदन दिनुभएको थियो, हामीले सो निवेदनलाई कार्यपालिकामा पेश ग¥यौ, तर कुनै निष्कर्ष निस्किएन, गत बर्ष जिसस म्याग्दीले ठेक्का लगाएको बगर अहिले कुनै प्रकृया पुरा नगरि उत्खनन हुन सक्दैन,’’–उहाँले भन्नुभयो । 

सारेमारेको बगरमा गत बर्ष म्याग्दीले ठेक्का लगाएको ठाउँमा यस बर्ष नदीको धार परिवर्तन गर्न खोजेको पाईएपछि एक महिना अघि जिसस, प्रशासन र नगरपालिकाको प्रतिनिधिहरुले स्थलगत अनुगमन गरि धार परिवर्तन गर्न रोकेको भएपनि अहिले पुन धार परिवर्तन गरि उत्खनन गरेको गुनासो आएको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले बताउनुभयो ।

यता क्रसर सञ्चालक हमालले भने आफुले जलजला गाउँपालिकाबाट ठेक्का लिए बमोजिम नै नदी उत्खनन गरेको दावि गर्नुभयो । ‘‘म सारेमारे तर्फको बगरमा गएको छैन, पर्वततर्फकै भागमा मात्रै उत्खनन गरेको छु’’–हमालले भन्नुभयो ।


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)