Correspondent, ParbatNepal
7 years ago
2016
चैत्र
१८, पर्वत ।
पुलैपुलको जिल्लाका रुपमा परिचित
पर्वतको एक स्थानमा
पुल नहुँदा खोला
तर्न समस्या भएको
छ । जिल्लाको
कुश्मा नगरपालिका–१० पिपलटारी
र फलेवास नगरपालिका–
३ शङ्करपोखरीको सिमाना
सिमखेत स्थित मल्याङ्दीखोलामा
पुल नहुँदा वषौँदेखि
स्थानीय समस्या झेल्न वाध्य
छन् । बर्खामा
खोला उर्लिएर आउने
हुँदा जोखिम मोलेर
स्थानीयले यात्रा गर्नुपर्ने बाध्यता
छ । अस्थायी
मुढोको पुल तरेर
दिनहुँ दर्जनांै विद्यार्थी आउजाउ
गर्छन ।
खोलाको वारीपारी रहेका वस्तीका करीब दुई सय घर परिवारले पुल नहुँदा काठको मुढोवाट जोखिम मोलेर खोला तर्दै आएका छन् । पुलको वारीका वासिन्दाको खेतीपाती पारि छ भने पारीका वासिन्दाको वारी छ । पुल नहुँदा खेतीपाती र मेलापात गर्नेहरुलाई निकै समस्या हुने गरेको स्थानीय हेमप्रसाद अधिकारीले बताउनु भयो । ‘स्कुल जाँदै गरेकी हाम्रै गाउँकी वलवहादुर विककी छोरी ३ र ४ वर्षअगाडी खसेर वितिन,’अधिकारीले भन्नुभयो,‘वच्चाहरुलाई एक्लै पठाउँदा पुलवाट खस्ने हुन कि भन्ने त्रास हुन्छ ।’ उनले भने–‘न समाउने डाली न टेक्ने हाँगो भने जस्तै यो साँघुबाट ज्यान हत्केलामा राखेर हिँडिरहेका छौँ ।’
यहाँ पुल नभएर गाउँलेलाई त्रास भैरहँदा झण्डै एक सय मिटर तल मल्याङ्दीखोलामा रहेको झोलुङ्गेपुल वेकामे वनेको छ । उक्त पुल उप्काएर समस्या रहेको सिमखेतमा सार्न स्थानीयले माग गरेका छन् । झोलुङ्गेपुल नजिकै पक्कि पुल वनेको छ । एकै ठाउँमा झोलुङ्गेपुल र पक्कि पुल छन् । ‘एउटै खोलाको एकैठाउँमा झोलुङ्गेपुल र पक्कि पुल वनाईएपनि नजिकै रहेको गाउँमा मुढाबाट जोखिम मोलेर खोलो तर्न वाध्य हुनु बिडम्वना हो,’ स्थानीय यूवा शिव अधिकारीले भन्नुभयोे,‘ हाम्रा गाउँमा नेता धेरै भए तर यो गाउँ हेर्ने कोहि भएनन् ।’
फलेवास नगरपालिकाका मेयर पदमपाणि शर्माले पनि स्थानीय तहको निर्वाचनका क्रममा पुल बनाउने आश्वसन दिएपनि वेवास्ता गरेको स्थानीयको गुनासो छ ।
