Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1496




असिनापानीले बालीनालीमा ठुलो क्षती
असिनापानीले बालीनालीमा ठुलो क्षती

चैत १८ पर्वत । पर्वत र बागलुङ जिल्लाका विभिन्न स्थानमा आज दिउँसो आएको असिनापानीले बालीनालीमा ठुलो क्षती पु¥याएको छ । पर्वतको फलेवास नगरपालिका ,विहादी गाउँपालिका र बागलुङको जैमिनी नगरपालिकामा असिनापानीले बालीनाली र फलफुल खेतीमा क्षती पु¥याएको हो । 

करिव एक घण्टा जति परेको असिनाले बालीनाली संगै फुल खेल्दै गरेको सुन्तलाबाली, भित्राउने तयारीमा रहेको गहुँ, तोरी लगायतका बाली झारेको जैमिनी नगरपालिका ८ छिस्तीका गोबिन्द पौडेलले जानकारी दिनुभयो । 

जैमिनी नगरपालिका ७ को जैदीमा पनि असिनापानीले क्षती पु¥याएको पौडेलले बताउनुभयो । फलेवास नगरपालिका ५, ६, ७, ९, १०, ११, विहादी गाउँपालिका १ मा पनि असिनापानीले बालीनालीमा क्षती भएको छ । फलेवास ९ भंगाराका अर्जुन क्षेत्रीले हिउँदे बाली सबै असिनाले सखाप पारेको बताउनुभयो । पर्वतका एक दर्जन स्थानमा असिनापानीले बालीनालीमा करोडौँको क्षती भएपनि यकिन क्षतीको विवरण भने आएको छैन् । 


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)