Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1837




नेपाली काँग्रेसद्धारा महाशिला गाउँपालिकामा तालाबन्दी
नेपाली काँग्रेसद्धारा महाशिला गाउँपालिकामा तालाबन्दी

साजन परियार, चैत १८ पर्वत । पर्वतको महाशिला गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ । नेपाली काँग्रेस महाशिला गाउँपालिकाको निर्णय अनुसार कार्यालयमा तालाबन्दी गरिएको हो । गाउँपालिकाले गर्ने निर्णय जनपक्षिय नभई जनप्रतिनिधीहरुले दामासाहि किसिमले गदैै आएको आरोपमा नेपाली काँग्रेसले विरोध गर्दै आएको छ ।

काँग्रेसले जनअपेक्षा अनुसार काम गर्न दवाव दिँदै आएको थियो । काँग्रेसले निरन्तर दवाव दिएपछि आज वार्ताका लागि बोलाईएपनि वार्ता नगरि टार्न खोजिएपछि बाध्य भएर तालाबन्दी गरिएको नेपाली काँग्रेस महाशिला गाउँपालिकाका नेता उज्वल गुरुङले बताउनुभयो ।

गाउँपालिकाले वार्ताका लागि बोलाएर पनि कुनै वास्ता नगरि विषयको गम्भिरतालाई ख्याल ठट्टाको रुपमा लिएपछि तालाबन्दि गरिएको गुरुङले बताउनुभयो । वार्ताका लािग बोलाएपनि गाउँपालिकाको तर्फबाट कोहि प्रतिनिधी पनि उपस्थित नभएको हुनाले वार्ता नै नभएको उहाँले बताउनुभयो ।

वार्तामा बोलाएर वार्ताका लागि कसैले वास्ता नगरेपछि आफुहरुको माग वेवास्ता भएको ठहर गरि गाउँपालिकाका सबै ६ वटै वडा कार्यालयमा पनि तालाबन्दी गरि चरणबन्द आन्दोलन गर्न लागिएको उहाँले बताउनुभयो ।

आजको मिति दिएर गाउँपालिकाले ६ सदस्यीय वार्ता समिति बनाएको थियो । तर, गाउँपालिकामा वार्ताका लागि गाउँपालिकाका प्रतिनिधी तयार नभएपछि काँग्रेसको टोली ताला लगाएर फर्किएको छ । 


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)