Correspondent, ParbatNepal
8 years ago
1819
पुष २३ पर्वत - राज्यले १२ हप्तासम्मको गर्भ गर्भवती महिलाको इच्छानुसार आकस्मिक सेवाको रुपमा मान्यता दिए पनि पछिल्लो समयमा सुरक्षित गर्भपतन संस्कृतिको रुपमा मौलाउदै गइरहेको छ । नेपाल परिवार नियोजन संघ पर्बत शाखाका अनुसार आर्थिक बर्ष ७३,७४ मा ११ सय ५४ जनाले सुरक्षित गर्भपतन सेवा लिएको जनाएको छ ।
प्रजनन स्वास्थ्य सचेतनाको अभावका कारण गर्भपतन गराउनेहरुको संख्या वर्षे्नि थपिदै गइरहेको छ । गत बर्ष ७२,७३ को एक वर्षको अवधिमा पर्बतमा झण्डै एक हजार जनाले गर्भपतन गराएको भएपनि यस बर्ष भने गर्भपतन गराउनेको सख्या बढेको परिबार स्बाथ्थ कार्यक्रमको फोकल पर्सन सीमा कंबरले जानकारी दिनुभयो ।
जसमा १५ देखि ४० वर्ष उमेर समुहका महिलाहरुले गर्भपतन गराएका छन् । जिल्लाभित्र रहेका बिभिन्न स्बास्थ सस्थाबाट गरी ११ सय ५४ जनाले गर्भपतन गराएका छन् । त्यसमध्ये सबैभन्दा धेरै जिल्ला अस्पताल पर्बतबाट गर्भपतन गराउनेको सख्या बढी देखिएको छ भने, अन्य स्बास्थ चौकि बाट पनि गर्भपतन गराउनेको सख्या बढीरहेकोे कंबरले जानकारी दिनुभयो । उहाका अनुसार देबिस्थान स्बास्थ चौकि तथा हुबास स्बास्थ चौकि लगायत अन्य ग्रामिण स्बास्थ संस्थाबाट गर्भपतन गराउने बढेको पाईएको हो ।
कानूनले सुरक्षीतरुपमा तोकिएका स्वास्थ्य संस्थाहरुले गर्भपतन सेवा दिइरहदा गर्भपतनलाई परिवार नियोजनको साधनका रुपमा प्रयोग गर्दा सेवाको दुरुपयोग भएको जिल्ला अस्पताल पर्बतका प्रमुख डाक्टर बुद्धि बहादुर थापाले बताउनुभयो । चेतना र स्वास् थ्य शिक्षाको अभावका कारण भन्दा पनि लापरवाहिका कारण महिलाहरुले गर्भपतनलाई परिवार नियोजनको साधनका रुपमा अपनाएको उहाले बताउनुभयो ।
दोहोरिदै किशोरी सानै उमेरमा प्रेम विवाह, प्रेम सम्बन्ध र प्रजनन स्वाथ्य चेतनाको अभावका कारण गर्भपतन गराउने किशोरीहरुको संख्या केहि मात्रामा दोहोरिदै आइरहेको परिवार नियोजन संघ पर्बत शाखाले जनाएको छ । स्वाभाविकैले एक पटक रहन गएको अनिच्छित गर्भलाई कानुनीरुपमा पतन गराउने सक्ने कानुनी मान्यता रहे पनि उक्त मान्यता लागु नभएको देखिन्छ । गामीण क्षेत्रका भन्दा शहरी क्षेत्रमा बसोबास गर्ने महिलाहरु दोहोरिने गरेको पाईएको हो । जसका कारण महिलाहरुको स्वास्थ्य जोखिम पनि बढ्दै गइरहेको छ ।
