Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1468




अध्यक्ष तिमिल्सीनाद्धारा कालीगण्डकी लोकमार्गको अवलोकन
अध्यक्ष तिमिल्सीनाद्धारा कालीगण्डकी लोकमार्गको अवलोकन

२५ चैत, पर्वत निर्माणाधिन उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरबको कालीगण्डकी लोकमार्गको पर्वत खण्डको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कालिगण्डकी लोकमार्गको अवलोकन गरेका छन लोकमार्गको पर्वत खण्डमा रानीपानी देखि फलेबासमा भैरहेको स्तरोन्नती तथा मोदीखोला लमायाखोलामा निर्माण भएका पुलहरुको अध्यक्ष तिमिल्सिना सहितको टोलीले अवलोकन गरेको हो

पुल बाटो निर्माणको काम समयमा सम्पन्न गर्न निर्देशन दिदै राष्ट्रिय अध्यक्ष तिमिल्सिनाले स्याङ्गजाको मिर्मी देखि पर्वतको कुश्मा सम्मको पर्वत खण्ड कालोपत्रे गरेरै छाड्ने प्रतिबद्धता पनि ब्यक्त गरे अहिले भैरहेको स्तरउन्नतीको काम समयमा सक्नुस उनले भनेसडक कालोपत्रे गर्ने काम पनि हाम्रै पालामा सम्पन्न गरेर छाड्छौ कालीगण्डकी करिडोरको परिकल्पना २०५५ सालमा पाल्पामा सम्पन्न जिल्ला बिकास समितिका सभापतिहरुको भेलामा आफुँले नै प्रस्ताब गरेको स्मरण गर्दै अध्यक्ष तिमिल्सिनाले कालोपत्रे गरेर सवारी साधन तिब्बत देखि सुनौली सम्म पु¥याउने काम पनि सम्पन्न हुने बिश्वास ब्यक्त गरे

उत्तर दक्षिण जोड्ने धार्मिक तथा पर्यटकीय सडकको परिकल्पना त्यसबखत सभापतिहरुको भेलामा भएको थियो उनले भनेयो सपना यर्थाथतामा बदल्ने दिन नजिकै आएको , यसका लागि सबैले सहयोग गर्न जरुरी उत्तर उत्तरदक्षिण रब्यापारिक मार्ग सुधार आयोजनाका निर्देशक रामहरी पोखरेललाई आफुँ बोल्दै गर्दा बिचमै उठाएर प्रतिबद्धता ब्यक्त गर्न लगाउँदै अध्यक्ष तिमिल्सिनाले पाँच बर्षभित्रमा पर्वत खण्ड मिर्मी सम्म कालोपत्रे हुने बिश्वास पनि ब्यक्त गरे

लोकमार्ग अवलोकनमा गण्डकी प्रदेशका मन्त्री विकास लम्साल, जिल्ला समन्वय समितिका प्रमुख मनोहर वि। पौडेल, उत्तर दक्षिणी ब्यापारी मार्ग सुधार आयोजनाका निर्देशक रामहरी पोखरेल पनि सहभागी थिए केहि दिन अघि मात्रै पर्वत जिल्लाका प्रतिनिधि सभा सदस्य पदम गिरीले पनि उक्त खण्डको निर्माण चरणको अवलोकन गरेका थिए गिरीले बजेटको कमी हुन नदिने भन्दै सडकलाई समयमा नै पुरा गर्ने गरी काम अगाडि बढाइने उक्त अवसरमा प्रतिबद्धता ब्यक्त गरेका थिए

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)