Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1879




पर्वतको थापाठानामा बन्ने राधाकृष्ण मन्दिरको शिलान्यास
पर्वतको थापाठानामा बन्ने राधाकृष्ण मन्दिरको शिलान्यास

चैत्र २६, पर्वत । पर्वतको फलेवास नगरपालिका–२ थापाठाना फेदीमा राधाकृष्ण मन्दिरको निर्माण हुने भएको छ । मन्दिरको मंगलवार एक कार्यक्रमका विच नेपाली काँग्रेसका महासमिति सदस्य तथा फलेवास नगरपालिका मेयरका प्रत्यासी गंगाधर तिवारीले शिलान्यास गर्नुभएको छ ।

करिव ५ लाख लागतमा निर्माण हुन लागेको मन्दिरले धार्मिक तथा पर्यटकिय क्षेत्रमा महत्वपूर्ण फाईदा पुग्ने विश्वास लिईएको छ । वि.स २०४६ सालमा निर्माण भएको मन्दिर जिर्ण भई भत्किएको थियो । मन्दिर निर्माण हुन नसक्दा लामो समय देखि समस्या भोग्दै आउनुपरेको स्थानीयको भनाई छ ।

मन्दिर रहने ठाउँको लागि जग्गा स्थानीय समाजसेवी शिवप्रसाद सुवेदीले  निःशुल्क रूपमा उपलब्ध गराउनु भएको हो  । मन्दिरको काम तत्काल सुरु गरि जेठ महिना भित्र सक्ने लक्ष्य राखिएको निर्माण समितिका अध्यक्ष गंगाप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्द प्रमुख अतिथि तिवारीले मन्दिर निर्माण एक ठूलो सामाजिक, धार्मिक कार्य भएकोले यसमा सरिक हुन पाउदा धेरै खुसी लागेको बताउनु भयो । उहाँले यस पुण्यको कामको लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । फलेवास नगरपालिकाका मेयरका प्रत्यासी समेत रहेका तिवारीले फलेवास नगरपालिलाई पर्यटक क्षेत्रको रुपमा विकास गर्न सके नगर छिट्टै समृद्धि तर्फ अघि बढ्ने उहाँको भनाई छ ।

कार्यक्रममा स्थानीय समाजसेवी तथा व्यवसायी शिवप्रसाद सुवेदी, जग्गादाता शिवप्रसाद सुवेदी, भूपू सैनिक संघका क्षेत्रिय सभापति तारावहादुर थापा लगायत स्थानीय समाजसेवीले आफ्नो धारण राखेका थिए । मन्दिर निर्माण समितिका अध्यक्ष गंगाप्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन मन्दिर निर्माण समितिका सचिव तिलोचन सुवेदीले गर्नुभएको थियो ।  



सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)