Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1964




चट्याङ लागेर पर्वतमा एकको मृत्यु
चट्याङ लागेर पर्वतमा एकको मृत्यु

पर्वत– पर्वतमा चट्याङ लागेर एक जनाको ज्यान गएकोे छ । जिल्लाको मोदी गाउँपालिका– ४ हलहलेमा सोमवार राती परेको चट्याङ लागेर प्रेम पुनकी २२ बर्षिय श्रीमती तारादेवी पुनको ज्यान गएकोे जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

प्रहरीका अनुसार चट्याङ लागेपछि बेहोस बनेकी पुनको उपचारका लागि अस्पताल लाने क्रममा बाटोमा नै ज्यान गएको हो ।

घरमा बसिरहेको अवस्थामा उनलाई चट्याङ लागेको थियो । 

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)