Correspondent, ParbatNepal
7 years ago
2571
बैशाख २, पर्वत । पर्वत सदरमुकाम कुश्मामा रहेका नेपाल बंगलादेश बैंक र शान्तिदिप हस्पीटलको बीचमा एम.ओ.यू सम्झौतामा हस्ताक्षर भएको छ । यस अगाडि काठमाण्डौका हस्पिटल र पोखराका होटलहरुको बीचमा मेमोरेन्डम अफ अन्डरस्ट्यान्डीङ सम्झौता गरेको नेपाल बंगलादेश पर्वतमा पहिलो पटक शान्तिदीप हस्पिटलसंग सम्झौता गरेको हो ।
दोहोरो सम्झौताको क्रममा आप्mनो भनाई राख्नुहुँदै नेपाल बंगलादेश बैंक गण्डकी प्रदेशका प्रमुख देवेन्द्र अवस्थीले यो सम्झौताले बैंक र हस्पिटल दुवै पक्षलाई फाईदा गर्ने छ । उहाँका अनुसार नेपाल बंगलादेश बैंकमा खाता खोलेर डेबीट वा क्रेडीट कार्ड लिएका ग्राहकहरुले शान्तिदीप हस्पिटलमा उपचार गर्ने क्रममा औषधि किन्न परेमा ५ प्रतिशत, बेड चार्जमा १० प्रतिशत, ल्यावमा १० प्रतिशत, फिजियोथेरापीमा १० र भिडियो एक्स रे सेवामा १० प्रतिशत छुट रकम प्राप्त गर्ने हस्पिटलका प्रमुख डा।प्रमोदकुमार मण्डलले जानकारी दिनुभयो ।
यस्तै, हस्पिटलबाट छुट पाउनका लागि बैंकको कार्ड अनिवार्य भएका कारण हस्पिटलबाट छुट रकम प्राप्त गरी उपचार गराउन चहानेहरुले नेपाल बंगलादेश बैंकमा खाता खोलेर कार्ड पाएको हुनुपर्ने छ । नेपाल बंगलादेश बैंक देशैभरी शाखा बिस्तार गर्ने क्रममा रहेको छ । बैंकका अनुसार हालसम्म देशका ८७ स्थानमा बैंकका शाखाहरु बिस्तार भैसकेका छन् ।
