Correspondent, ParbatNepal
7 years ago
1886
पर्वत– बेलायतमा भएको स्थानीय निर्वाचनमा पर्वतका डाक्टर जगनाथ शर्मा काउन्सिलरमा निर्वाचित हुनुभएको छ । विगत २ दशकदेखी बेलायती सेनामा मेजर पदमा कार्यरत शर्मा यसअघि सन् २०१३ मा भएको काउन्सिलरको निर्वाचनमा उपमेयरमा चुनिनुभएको थियो । जिल्लाको बिहादी गाउँपालिका–३ रानीपानीमा जन्मिभएका शर्मा हाल बेलायतमा बसोवास गदै आउनु भएको छ । काउन्सिलरमा निर्वाचित भईसकेपछि शर्माले स्थानीय समुदायका सवैलाई समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । आफुलाई मत दिने सबै मतदाता तथा निर्वाचन अभियानमा सहयोग गर्ने सम्पूर्ण नेपाली समुदायलाई उहाँले धन्यवाद दिनुभएको छ । सामजिक काममा निकै सक्रियता देखाउने शर्माले विभिन्न संघसंस्थामा आवद्ध हुनुहुन्छ । वौद्धिक छवि र आम मानिसलाई छिट्टै प्रभावित तुल्याइहाल्न सक्ने शर्मा सहयोगी व्यक्तिको रुपमा चिरपरिचित हुनुहुन्छ ।
विभिन्न संघसंस्थाद्धारा शर्मालाई बधाई ज्ञापन
डाक्टर शर्मा बेलायतमा निर्वाचित भएपछि उहाँलाई विभिन्न संघसंस्थाहरुले बधाई तथा शुभकामना व्यक्त गरेका छन् । शुभकामना व्यक्त गदै पर्वत वेलफेयर सोसाईटी यूकेका अध्यक्ष नेत्र आलेले सफल कार्यकालयको शुभकामना व्यक्त गर्नुभयो । संस्थाका सल्लाहकार समेत रहेका शर्मा निर्वाचित भएपछि संस्थाको गरिमा बढेको उहाँको भनाई छ । त्यस्तै अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरीले शर्माको विजयले नेपालीप्रति हेर्ने दृष्ट्रिकोण र नेपालीप्रति विश्वसनियता बढेको प्रतिक्रिया दिनुभयो । पर्वत समाज जापानका अध्यक्ष सुजन जोशीले शर्मालाई बधाई ज्ञापन गदै सफल कार्यकालयको शुभकामना व्यक्त गर्नुभयो ।
वडाबासीमा खुशीयाली
बेलायतमा भएको स्थानीय निर्वाचनमा पर्वतका डाक्टर जगनाथ शर्मा काउन्सिलरमा निर्वाचित भएपछि वडावासी खुशी भएका छन् । बेलायत जस्तो देशमा पुगेर पनि नेपालीको गौरव बढाएको भन्दै वडाबासी उत्साहित भएका छन् । पर्वत नेपाल अनलाईन सँग खुशीयाली साट्दै विहादी गाउँपालिका–३ रानीपानीका वडाध्यक्ष रणवहादुर आलेले वडावासी निकै खुशी भएको प्रतिक्रिया दिनुभयो ।‘हामी निकै खुशी भएका छौँ–वडाध्यक्ष आलेले भन्नुभयो,‘देशको नाम सहित रानीपानीको नाम जोडिएर आउँदा खुशी लागेको छ ।’ वडाको विकासमा शर्मा सँग सहकार्य गर्ने बताउँदै वडाध्यक्ष आलेले वडाको विकासले थप मुर्तरुप लिने विश्वास व्यक्त गर्नुभयो ।
