Correspondent, ParbatNepal
7 years ago
1493
बैशाख २१, पर्वत । पर्वतको कुश्मा बजारमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।कुश्मा नगरपालिका–६ वडा कार्यालयको आयोजना तथा जनकल्याण सामाजिक महिला समूहको व्यवस्थापनमा निशुल्क शिविर सम्पन्न भएको हो । शिविरमा झण्डै ४ सय बढिले उपचार सेवा लिएका छन् ।
जसमा अधिकाँश मुटु, पेट तथा छातीका विरामी रहेको बरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ प्रा डाक्टर जागेश्वर गौत्तमले बताए । शिविरमा प्रसुती रोग तर्फ १ सय ७० र मुटु, पेट तथा छाती सम्बन्धी २ सय ३० जनाले निशुल्क स्वास्थ्य परिक्षण गराएको डाक्टर गौत्तमले जानकारी दिए ।
जटिल प्रकारका रोग भेटिएका ६ जना विरामीलाई निशुल्क रुपमा काठमाडौमा लगेर अप्रेशन गरिने जनकल्याण सामाजिक महिला समूहकी अध्यक्ष मानकुमारी गिरीले जानकारी दिनुभयो । कुश्माको शिवालय मा.विमा भएको शिविरमा जिल्लाका ७ वटै स्थानीय तह सँगै बागलुङका बिरामीहरुले सेवा लिएका थिए ।
शिविरमा
बरिष्ष्ठ स्त्री तथा प्रसुती
रोग विशेषज्ञ प्रा
डाक्टर जागेश्वर गौत्तमले महिलामा
हुने समस्या सम्बन्धी
रोगहरुको परिक्षण गर्नुभएको थियो
भने, बरिष्ठ चिकित्सक
सर्जन डाक्टर झलक
गौत्तम तथा नेपाली
सेनाका डाक्टर सृष्ट्रिना प्रधानले
मुटु तथा पेट
सम्बन्धी रोगको परिक्षण गर्नुभएको
थियो ।
शिविरको कुश्मा नगरपालिका मेयर रामचन्द्र जोशीले उद्घाटन गदै निशुल्क रुपमा आयोजना गरिएको शिविरबाट दुरदराजका नागरिकले लाभ लिने बताए । उहाँले जनस्वास्थ्यसँग सम्बन्धीत यस्ता कार्यक्रमहरुको आयोजनाले निरन्तरता पाउँदै जानेमा आफु आसवासी रहेको बताए ।
कुश्मा नगरपालिका–६ शिवालयका अध्यक्ष रुद्र गिरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत जनकल्याण सामजिक महिला समूहकी अध्यक्ष मानकुमारी गिरी र कार्यक्रमको संचालन कुश्मा नगरपालिका– ६ की वडासचिव अनिता पुर्जाले गर्नुभएको थियो ।
