Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1794




कतारवाट फर्केर गाउँमै चाउमिन उद्योग
कतारवाट फर्केर गाउँमै चाउमिन उद्योग

साजन परियार,बैशाख २४, पर्वत रोजगारीको शिलशिलामा विदेश पलायन भएका पर्वतका युवाहरु पछिल्लो समयमा गाउँ फर्किन थालेका छन् देशमा केही गर्न सकिँदैन भनेर विदेश पलायन भएका युवाहरु गाउँ फर्केर व्यवसाय शुरु गरेका हुन्   अवसरको खोज्दै गदै एक दशकअघि विदेश पलायन भएका यहाँका एक युवाले गाउँमा फर्केर चाउमिन उद्योग शुरु गरेका हुन्

पर्वतको महाशिला गाउँपालिका लुंखुका दिपेन्द्र जैसीले गाउँमै चाउमिन उद्योग संञ्चालनमा ल्याएका छन् कतारमा एक दशक भन्दा लामो समय संघर्ष गरेर फर्केका जैसीले १० लाख लागतमा गाउँमै चाउमिन उद्योग संचालनमा ल्याएका हुन् लुङखुको एकपाटेमा संचालन गरेको उद्योगको ईश्वर वेकरी एण्ड चाउमिन उद्योग नाम दिईएको  

 उद्योगमा स्थानीय जना यूवाले काम गर्छन गाउँमै रोजगारी पाएपछि युवाहरु पनि खुशी छन् उनले उत्पादन गरेको चाउमिन पाउरोटी स्थानीय बजारमा खपत हुन्छ विदेशमा धेरै दुःख गरियो, जैसीले भने,‘विदेशमा गर्ने दुःखको आधा मात्र यहाँ गर्न सकियो भने, थुप्रै आम्दानी गर्न सकिन्छ ’ ‘मैले बैदेशिक रोजगारीको शिलशिलामा कतारमा बर्ष मलेसिया साउदीमा ÷ बर्ष विताएँ आफ्नो ठाउँजस्तो नहुँदो रैछ अहिले गाउँ फर्केर व्यवसाय थालेको छु, उनले भने, ‘विदेशमा गर्न सकिने दुःख यहाँ गरियो भने विदेशमा भन्दा दोब्वर आम्दानी हुने उनको विश्वास उनले गाउँका युवाहरुलाई पनि विदेश नजान सल्लाह दिन्छन् जैशीले उद्योगलाई व्यवसायिक रुपमा बढाउँदै जाने थप युवालाई रोजगारी दिने बताए

 यता महाशिला गाउँपालिकाका प्रवक्ता एंव वडा नं. लुंखुका वडाध्यक्ष जिवन उच्चै ठकुरीले पनि युवाहरुलाई व्यवसायमा लाग्न प्रोत्साहन गरेको बताए गाउँपालिकाले युवा लक्षित कार्यक्रम ल्याएको दावी गदै स्वरोजगार बन्न युवाहरुलाई आग्रह गरे राज्यले पनि वर्तमान समयमा युवा लक्षित कार्यक्रमहरु ल्याएको बताउँदै राज्यले पनि त्यस्ता युवाहरुलाई प्रोत्साहन गर्नुपर्ने बताए उनले उद्यमशीलताको विकासमार्पm रोजगार सिर्जना गरी गाउँमै रोजगारीको सिर्जना गरिने बताए

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)