Correspondent, ParbatNepal
7 years ago
1561
पर्वत– पर्वत कलाकार समाजका संस्थापक अध्यक्ष कस्तुप पन्तले पर्वत कलाकार समाज सवै सष्ट्राहरुको साझा संस्था भएको बताएका छन् । पर्वतको सदरमुकाम कुश्मा बजारमा पत्रकारहरु संगको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष पन्तले पर्वत कलाकार समाज सवै सष्ट्राहरुको साझा चौतारी भएको दावी गरे ।
‘कला साहित्य र पत्रकारिताको माध्ययमबाट जिल्लालाई अन्तराष्ट्रिय जगतमा चिनाउन संस्था खोलेका हौँ ।,’ उनले भने । जिल्लामा लोकसंस्कृती साहित्य र सो विषयमा सम्बन्धित रहेर कमल चलाउने सवै पत्रकारलाई एकिकृत गरि साझा संस्थाको रुपमा स्थापित गर्ने उद्देश्यका साथ संस्था स्थापना गरेको जिकिर गरे । ‘यो संस्था लोक र आधुनिक गित गाउने कलाकारको मात्र होईन, उनले भने,‘यहाँ रंग र साहित्य सँग सम्बन्धी कलम चलाउने पत्रकारको पनि अटाउँछन्,’ । साथै उनले पर्वत जिल्लामा रहेका स्थानीय कलाकारहरुलाई पनि संस्थासँग जोडिन् आग्रह गर्नुभयो ।
कलाकार पन्तले संस्थाले एकल साँझ गर्ने लागेको जानकारी पनि दिए । ‘संस्थाले पर्वत संस्कृति साँझ गर्ने तयारी थालेको छ, पहिला काठमाडौँमा गरेर पर्वत आउने कुरा छ,’उनले भने । ‘हामीले असरमा गर्ने तयारी गरेका थियौँ, यो महिना कोलिजिङको समय भएकाले समस्या भयो । अव तिज पछाडी दशै अगडी संगित साँझ गर्ने तयारी थालेका छौँ,’। संस्थालाई सफल रुपमा अगडी बढाउन पत्रकारहरुको अहम भूमिका रहेको बताउँदै कलाकार र पत्रकार समाज परिर्वतनको सूचक रहेकाले सहकार्य गरेर अगडी बढ्ने बताए ।
केहि समय अगाडि राष्ट्रिय सभाका सम्माननिय अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको प्रमुख आतिथ्यतामा पर्वत कलाकार समाजका संस्थापकहरुलाई सम्मानित गरिएको जानकारी दिँदै पन्तले आगामी दिनहरुमा अन्य व्याक्तिहरुलाई सम्मानित गर्दै जाने वताए ।
