Correspondent, ParbatNepal
6 years ago
1802
पर्वत– टोकियो विश्वविद्यालय जापानवाट विद्यावारिधि गर्ने पहिलो नेपाली दृष्ट्रिविहिन डाक्टर कमल लामिछानेको कृति ‘अन्तदृष्ट्रि’ सार्वजानिक भएको छ । गत शनिवार नेपालमा सार्वजानिक भएको पुस्तकको आज जापानमा लोकापर्ण भएको हो । कृति लेखक लामिछानेको जीवन भोगाई समेटिएर तयार पारेको एक आत्मकथा हो ।
कृतिकार लामिछाने चुकुवा विश्वविद्यालय जापानमा सह–प्राध्यापकको रुपमा कार्यरत हुनुहुन्छ । लोकापर्ण कार्यक्रममा बोल्दै लामिछानेले कृतिमा आफ्नो जिवनको भोगाई र अनुभवलाई समेटेको कृति तयार पारेको बताउनु भयो । उहाँले आत्कथा कठोर र सत्यहरु माथिको निर्मल लेखन भएकाले जीवनका हरेक पाटाहरुलाई सरल रुपमा पुस्तक उतारेको दावी गर्नुभयो ।
‘समाजमा अपांगता भएका ब्यक्तिहरुप्रती हेर्ने र गर्ने ब्यवहार केही सुधार हुनुपर्दछ,’ उनले भने,‘मैले पुस्तकमा जापानको अनुभवलाई ३० प्रतिशत स्थान दिएको बताउँदै अपङगता भएका मानिसले पनि पुस्तक लेख्न सक्छन् भन्ने सन्देश दिन लेख्दै छु ।’
जापानस्थित नेपाली राज दुतावासका उपनियोग प्रमुख कृष्णचन्द्र अर्यालले नेपालीहरु बिदेशमा आधारभुत आवश्यकताका बिषयमा समेत गम्भिर नहुँदा हरेक क्षेत्रबाट निराश भैरहँदा केही गर्वगर्न लायक ब्यक्तित्वहरुले देशको साख कायम गरिरहेको बताउनु भयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष मोहन घले, गैर आवासिय नेपाली संघका प्रवक्ता भुषण घिमिरे एवम् सदस्य ओम गुरुङ लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रममा साहित्यकार गिरिजा गैरे, भुवन रोका र दीपा घिमिरेले साहित्यिक रचना प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा साहित्यकार एवम् अनेसास जापानका पुर्व अध्यक्ष बेलुकाजी थापाले पुस्तक समिक्षा गर्नुभएको थियो, भने गैर आवसिय नेपाली संघ आईसिसी सदस्य महेश श्रेष्ठले आलोचनात्मक समिक्षा गर्नुभएको थियो । अनेसास जापान च्याप्टरका अध्यक्ष दीप पाठकले कार्यक्रमको बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा गैर आवासिय नेपाली संघ जापानका बरिष्ठ उपाध्यक्ष देबिलाल भण्डारीले धन्यवाद मन्तव्य दिनुभएको थियो भने कार्यक्रमको संचालन महासचिब बुद्धिराज घिमिरेले गर्नुभएको थियो ।
कार्यक्रममा गैर आवासिय नेपाली संघ जापान र अन्तराष्ट्रिय नेपाली साहित्य समाज जापान च्याप्टरको आयोजना र पर्वत समाज जापान, बाग्लुङ समाज जापान, गल्कोट समाज जापान,चितवन समाज जापान,कास्की पोखरा समाज जापान, मनाङ सोसाइटी जापान ,क्ष्ल्ँक्म् व्बउबल, आध्यात्मिक समाज जापान, अर्घाखाँची समाज जापान, लमजुङ समाज जापान, हामीले नगरे कस्ले गर्ने अभियान जापानको सह आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । नेपाल फेस्टिवल बाहेक यति धेरै संस्थाहरुले सामुहिक आयोजना गरेको जापानमा यो पहिलो कार्यक्रम हो ।
