Correspondent, ParbatNepal
6 years ago
1723
पर्वत– गुरुङ समुदायमा आधारित चलचित्र ‘भेडी गोठाले’ उत्कृष्ट चलचित्रको राष्ट्रिय पुरस्कार जितेको छ । चलचित्रले सर्वोउत्कृष्ट आदिवासी जनजाती चलचित्र २०७३ को अवार्ड जितेको हो । यो चलचित्रलाई शुक्रवार राष्ट्रपति विद्या भण्डारीले उत्कृष्ट चलचित्रको राष्ट्रिय पुरस्कार प्रदान गरेकी हुन् ।
सामजिक अभियान्त एवम् चलचित्र निर्माता दुर्गा गुरुङ ‘मिलन’ले
निर्माण गरेको चलचित्र गुरुङ भाषा र सँस्कृतिमा आधारित छ । मिलन डि.जि इन्टरनेशनल प्रा. लि. को प्रस्तुतीमा दुर्गा गुरुङ ‘मिलन’ को पहिलो कोसेली ‘भेडी गोठाले’ ले मेनिफिस्टो फिल्म फेस्टिभल नेदरल्यान्ड, अफिसियल सेलेक्सन, सि=के एफ. फिल्म फेस्टिभल यूके अफिसियल छनोट हुँदै आदिवासी जनजाती चलचित्र महोत्सब अमेरिकामा दर्शक छनोट बिजेता र वेष्ट एक्टोर अवार्ड जित्न सफल चलचित्र हो ।
चलचित्रमा नेपाली युवायुवतीको प्रेम रोमान्स र समसामयिक कथालाई समेटेको छ । उक्त फिल्म व्यवसायिक रुपमा पनि निकै सफल मानिन्छ । जुन फिल्म यस अघि विश्वका ५÷६ वटा मुलुकमो ब्लक बस्टर शो भईसकेको छ । चलचित्र ‘भेडि गोठाले’दुबई,
कतार,नेदरल्याण्ड, युके, अमेरिकाका लगायत सिटीमा प्रर्दशन भईसकेको छ भने पोखरा, काठामाडौं, दोलखा,स्याङ्जा र भारतका हलमा समेत प्रर्दशन भईसकेको छ ।
चलचित्र प्रदर्शनबाट उठेको सर्वै रकम समाज सेवामा खर्च गरेको फिल्मका कार्यकारी निर्माता दुर्गा गुरुङ ‘मिलन’ले
जानकारी दिनुभयो । चलचित्रमा विक्रम गुरुङ ‘हङकङ’ देउकी सिंजाली दीपिका मिलन, विजय गुरुङ मिलन हङकङ, देउकुमारी गुरुङ हङकङको संयुक्त लगानीमा चलचित्रको निर्माण भएको हो ।
फिल्मको कथा तथा निर्देशन गणेश गुरुङ ‘सुवास’ को रहेको छ । चलचित्रलाई लमजुङको ईलाम पोखरी , भारते र तनहुँमा छायांकन गरिएको थियो ।
