Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1455




पर्वतको तिलिबराङमा पहिलो पटक विजुली बल्यो
पर्वतको तिलिबराङमा पहिलो पटक विजुली बल्यो

पर्वत–हालसम्म विद्युतको सुविधा नपुगेको पर्वतको मोदी गाउँपालिका–१ भुकताङलेको तिलीबराङमा पहिलो पटक बिजुली बलेको छ । वडा कार्यालयको पहलमा तिलीबराङका बिजुली बलेको हो ।

करिव एक दर्जन घरपरिवार रहेको उक्त गाउँमा पहिलो पटक विजुली पुगेसँगै स्थानीयवासीे खुशी भएका छन् । ‘लामो समयको प्रयास पश्चात आज गाउँमा बिजुली बाल्न पाईयो,–स्थानीय टिकाराम जैसीले भने ‘अहिलेसम्म अन्धकारमय जिवन विताउँदै आउँदा साह्रै दुःख लागेको थियो ।’ उनले विद्युत नहुँदा संचार देखी मोवाईल चार्ज गर्न समेत घण्टौ लागेर हिँड्नुपर्ने बाध्यता हटेकोमा खुशी व्यक्त गरे ।

लामो समयको प्रयास प्रश्चात प्रत्येक दुई घरधुरीमा मिटर जडान गरेर विद्युत सेवा शुरु गरिएको कार्यवहाक वडाअध्यक्ष भुलवहादुर पौडेलले जानकारी दिए । उनले भने,‘हालसम्म विद्युत सेवा नपुगेको यस ठाउँमा बिजुली बाल्न सफल भएका छौँ ।’ वडाले एक महिनाको पहलमा उक्त वडामा विद्युत सेवा पु¥याएको हो । उनका अनुसार आर्थिक अभावले मिटर जडान गर्न नसक्ने घरधुरीलाई निशुल्क मिटर जडान गरिदिएको समेत बताए ।

गाउँमा पहिलो पटक विजुली पुगेपछि स्थानीयले खुशीयालीमा नाँचगान समेत गरेका थिए । साथै उहाँले भुकाताङलेका नागरिकको समस्या हल गर्न आफु दिनरात खटेको बताउँदै नयाँ ढंगवाट वडाको विकास गरिने दावी गरे । पर्यटकिय क्षेत्रको रुपमा रहेको भुकताङलेलाई जिल्लाकै नमुना वडाको परिचित गराउन आफु लागि परेको बताउनु भयो । 


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)