Correspondent, ParbatNepal
8 years ago
1736
रोशन तिवारी पुष २४ पर्वत -
पर्वतको जलजला गाउँपालिका ४ शालिजामा सोमवार साँझ पर्वतको जलजला गाउँपालिका ६ साविकको शालिजा ४ भोटेडाँडा स्थित भित्रि कच्चि सडक खण्डमा टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
ठोट्नेरिबाट मिलन चोक तर्फ आउँदै गरेको ग१त २३९५ नम्बरको खाली टेक्टर अचानक सडक देखि अन्दाजि ४।५ फिट तल खसेर दुर्घटना भएको हो । दुुर्घटनामा सोही ट्याक्टरका सह चालक जिल्ला पर्बत जलजला गाउँपालिका( ७ मिलन चोक बस्ने बर्ष १९ का सागर परियारको ट्याक्टरले नै च्यापिएर घटनास्थल मै मृत्यु भएको छ ।
ट्याक्टर चालक फरार रहेका छन् । दुर्घटमा लगत्तै स्थानिय मानिसले टेलिफोन मार्फत प्रहरी चौकी लेखफाँट पर्बतमा जानाकारी प्राप्त हुनासाथ तत्काल प्रहरी चौकी लेखफाँट पर्बतबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा ४ जनाको टोली खटि उद्धार गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्वतवाट प्रहरी निरीक्षकको कमाण्डमा ५ जनाको टोली खटिई गई लाशको घटनास्थल मुचुल्ला कार्य पुरा गरी लाशलाई पोष्टमार्टमको लागी जिल्ला अस्पताल म्याग्दी वेनी लगिएको छ । घटना सम्वन्धि थप अनुसन्धान भैरहेको छ ।
