Correspondent, ParbatNepal
6 years ago
2045
पर्वत– जापानमा संगठित पर्वतेलीहरुको साझा संस्था पर्वत समाज जापानको बनभोज कार्यक्रम सम्पन्न भएको छ । पर्वत जिल्ला घर भई हाल अध्ययन व्यवसाय रोजगारीको शिलशिलामा जापानमा बसोवास गदै आएका पर्वतेलीहरुको साझा संस्था पर्वत समाज जापानको समर बि.बि. क्यू बनभोज कार्यक्रम सम्पन्न भएको हो । समाजले संस्थाको स्थापना कालदेखी नै हरेक बर्ष बनभोज कार्यक्रम आयोजना गदै आएको छ ।
बनभोज कार्यक्रमले जापानबासी नेपालीहरु बिच आत्मीयता, सद्भाव र मातृभूमिप्रतिको भावलाई उजगार गरेको बताईएको छ । वार्षिक कार्यक्रम अन्तर्गत समर बि.बि. क्यू कार्यक्रम यस बर्ष जुलाई २८ तारीख का दिन विभिन्न मनोरञ्जनात्मक क्रियाकलाप सहित नेरिमा कु को हिकारीगाओका पार्कमा सभ्य र भव्य तारिकले सम्पन्न भएको पर्वत समाज जापानका अध्यक्ष सुजन जोशीले जानकारी दिनुभयो । पर्वत समाज जापानको द्यद्यत्त केहि फरक तरीकाबाट सम्पन्न हुदै आईरहेको जोशीले बताउनु भयो । प्रत्येक बर्ष आयोजना गरिने बनभोज कार्यक्रममा जापानवासी नेपालीहरुको उलेख्य उपस्थिती रहेको थियो ।
गैर आवसिय नेपाली संघको राहात कोष सहयोगार्थ जापानमा आयोजित कार्यक्रममा जापानमा आएका नेपालका प्रख्यात दि।एज ब्याण्डको समेत उपस्थित रहेको कार्यक्रममा जापानवासीहरूले भरपूर मनोरञ्जन लिएका थिए भने पर्वत समाजको तर्फबाट अथिति कलाकारलाई खादा ओडाएर सम्मान गरीएको थियो ।
बिहान १० बजे देखी साँझ ५ बजे सम्म संचालित कार्यक्रममा जापानमा क्रियाशील संघ संस्थाका साथै गैर आवसिय नेपाली संघ अभियान्ताहरूको बाक्लो उपस्थितिले कार्यक्रम फरक र भव्य भएको समाजका महासचिव जनक सुवेदिले जानकारी दिनुभयो । समाजका अध्यक्ष सुजन जोशीले बनभोज कार्यक्रममा उपस्थित पर्वते दाजुभाई, अतिथीगण, विभिन्न संघ संस्था लगायत कार्यक्रम सफल बनाउन सहयोग गर्ने जापानवासीलाई धन्यवाद दिँदै जापानमा बसोवास गर्ने सम्पूर्ण नेपाली दाजुभाईको दुःख सुखमा पर्वत समाज जापानले हातेमालो गरि अगाडी बढ्ने समेत प्रतिवद्धता जनाउनु भएको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।
https://www.facebook.com/parbatsamajjapan2009/videos/2388242728122250/
