Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1371




एनआरएनए कतारको खुल्ला सदस्यमा श्रेष्ठको उम्मेदवारी दर्ता
एनआरएनए कतारको खुल्ला सदस्यमा श्रेष्ठको उम्मेदवारी दर्ता

पर्वत नेपाल संवाददाता पर्वतको पैयु गाउँपालिका हुवासका सविन्द्र श्रेष्ठले खुल्ला सदस्य पदमा उम्मेदवारी दिने भएका छन् गैरआवासीय नेपाली संघ -एनआरएनए_ ,राष्ट्रीय समन्वय परिषद कतारको आठौँ अधिवेशनको श्रेष्ठले खुल्ला सदस्यमा  आफ्नो उम्मेदवारी दर्ता गरेका छन्

खुल्ला सदस्यमा उम्मेदवारी दर्ता गराएसँगै उनी प्रचारप्रसारमा जुटेका छन् बिगत    बर्ष देखि कतारलाई पेशागत  कर्मथलो बनाउदै आएका श्रेष्ठ सामजिक रुपमा सक्रिय छन् उनी विभिन्न संघसंस्थामा आवद्ध छन्   श्रेष्ठ पर्वत समाज कतारको अध्यक्ष समेत रहेका छन् हरेक सामजिक संस्थामा रचनात्मक भूमिका खेल्दै आएका श्रेष्ठको उम्मेदवारीले कतारमा रहेका नेपालीहरु समेत उत्साहित भएका छन् सामाजिक ब्यतित्वको रुपमा उनको छुट्टै पहिचान

 सरल, अनुशासित कम बोल्ने व्यक्तिमा पर्ने उनी  कतारमा रहेर निरन्तर समाज सेवामा सक्रिय छन् प्रदेश नम्बर चार  समन्वय परिषद कतारमा समेत पदीय जिम्मेवारी बहन गर्दै आएका श्रेष्ठले  कतारमा स्थापित विभिन्न सामाजिक संस्थाको नेतृत्व गर्नुका साथै सन २०१३  देखि एनआरएनए कतारको पार्सद सदस्य रहेका छन्

पर्वत नेपाल सँग कुराकानी गदै श्रेष्ठले अग्रज साथीभाईको माया सहयोगका कारण आफुले उम्मेदवारी दिन लागेको बताउनु भयो कतारमा बसेर विभिन्न सामजिक संघसंस्थाका काम गदै आएको जानकारी गराउँदै श्रेष्ठले आफ्नो क्षमता अनुभवका आधारमा काम गर्ने जिकिर गर्नुभयो भाग्यमा भन्दा पनि कर्ममा विश्वास गर्ने श्रेष्ठले आफ्नो विगतको कामलाई हेरेर सवैतिरवाट सहयोग मिल्ने अपेक्षा व्यक्त गर्नुभयो

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)