Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1716




एनआरएनए बेल्जियमको बरिष्ठ उपाध्यक्षमा खड्क केसीको उम्मेदवारी घोषणा
एनआरएनए बेल्जियमको बरिष्ठ उपाध्यक्षमा खड्क केसीको उम्मेदवारी घोषणा

साजन परियार पर्वत गैर आवसिय नेपाली संघ -एनआरएनए_ बेल्जियमको चुनावी सरगर्मी बढेसँगै जलजला गाउँपालिका नाग्लिवाङका खड्क केसीले आफ्नो उम्मेदवारी घोषण गरेका छन् केसीले बरिष्ठ उपाध्याक्ष पदमा उम्मेदवारी घोषण गरेका हुन् एनआरएनए बेल्जियमको आगमी निर्वाचन -२०१९२१_ कार्यकालको लागि बरिष्ठ उपाध्याक्ष पदमा उम्मेदवारी घोषण गरेसँगै बेल्जियममा बसोवास गदै आएका प्रवासी नेपालीहरु उत्साहित भएका छन् केसीलाई बरिष्ठ उपाध्याक्ष पदमामा विजय गराउन अहिले बेल्जियमवासी प्रवासी नेपालीहरु चुनाव प्रचारप्रसारमा जुटेका छन्

सेवा नै धर्म हो भन्ने नारालाई आत्मसाथ गदै अगडी बढेका केसी विभिन्न संघसंस्थामा आवद्ध एनआरएनए लगायत विभिन्न सामाजिक संघ संस्थामा आवद्ध केसी ब्यवसायी संघ बेल्जियममा सचिव हुन् उनी साँग्रीला समाज बेल्जियमका अध्यक्ष समेत रहेका छन् एनआरएनए बेल्जियमले सन् २०१८ मा आयोजना गरेको नेपाल महोत्सवमा संयोजक भएर काम गरेका केसी बेल्जियममा परिचित छन् उनी संयोजक भएर आयोजना गरेको नेपाल महोत्सव सफल ऐतिहाँसिक मानिन्छ

सफल व्यावसायिक तथा सामजिक अभियान्त केसी स्वच्छ छवी भएको व्यतित्वको रुपमा परिचित केसीले पर्वत जिल्लामा पनि विभिन्न सामजिक एवम् रचनात्मक काम गदै आएका छन् सामजिक कार्यमा सक्रिय केसी परोपकारी काममा दिनरात खट्ने व्यक्ति हुन्,सामजिक कार्यमा हामी निस्वार्थ भावनाले लाग्नुपर्छ, एनआरएनए पनि एउटा गैर नाफा मुलक परोपकारी संस्था हो, एनआरएनए बेल्जियमको एक कार्यकाल उपाध्याक्ष भएर काम गरेको छु बिभिन्न कार्यक्रमको संयोजक भएर  काम गरिसकेको अनुभव सँगालेको छु   अग्रजहरुको सल्लाह साथीभाईहरुको सुझाब अध्यक्ष मै जानु भन्ने थियो तर काम गर्दे बिस्तारै अगाडी बढ्नु पर्दछ भन्ने उदेश्यका साथ मैले बरिष्ठ उपाध्याक्षमा उम्मेदवारी घोषण गरेको हुँ, मलाई गत निर्वाचनमा  बेल्जियमवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले उपाध्याक्ष पदमा निर्वाचित बनाएर सेवा गर्ने मौका दिनुभएको थियो, त्यसरी नै यस पटक सेवा गर्ने मौका दिनुहुनेछ भन्ने मैले पुर्ण विश्वास लिएको छु मेरो काम गर्ने शैली, स्वाभाव मेहेनतलाई  बेल्जियमवासी नेपालीहरुले बुझ्नुभएको केसीले भने, सर्वप्रथम सर्बसम्मत हामी सबैको चाहाना हो तर सर्बसम्मत हुन नसकेको खन्डमा प्रजातान्त्रिक पद्धतीवाट निर्वाचन गर्नुपर्ने केसीको माग

केसी बेल्जियम भाषाको राम्रो दखल भएका व्यक्ति हुन्   सफल व्यवसायीका तथा सामजिक अभियान्तका रुपमा परिचित के सी बेल्जियमको राजनितीमा पनि सक्रिय छन् उनले एक पटक लुभेन नगरपालिकाको सदस्यमा  उम्मेदवारी दिएका थिए । त्यस्तै बेल्जियमको केन्द्रीय संसदको लागी उमेदवार समेत दिएका केसी झिनो मतले पराजय भएपनि नगरको विकासमा उत्तिकै सक्रिय देखिन्छन् जिवनको अधिकाँश समय सामजिक कार्यमा खर्चिएका केसी आफ्नो विजय नै बेल्जियमवासी प्रवासी दाजुभाईको जित भएको बताएँछन्

आफ्नो उम्मेदवारीले सम्पूर्ण प्रवासीहरु उत्साहित भएको बताउँदै  बरिष्ठ उपाध्याक्ष पदमा विजय गराउन सम्पूर्ण प्रवासी बेल्जियम  नेपाली बुवाआमा, दाजुभाई तथा दिदीबहिनीहरुलाई साथ सहयोगको लागि अनुरोध गरे केसी श्रीमती दुई छोरा सहित दुई दशक देखी बेल्जियममा बस्दै आएका छन्  

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)