Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1634




एनआरएनए बेल्जियमको सचिवमा न्यौपानेको उम्मेदवारी घोषणा :प्रवासी बल्जियमवासी उत्साहित
एनआरएनए बेल्जियमको सचिवमा न्यौपानेको उम्मेदवारी घोषणा :प्रवासी बल्जियमवासी उत्साहित

साजन परियार, पर्वत नेपाली गैर आवसिय नेपाली संघ (एनआरएनए) बेल्जियमको चुनावी सरगर्मी बढेको चुवानी सरगर्मीलाई मध्य नजर गदै आकाँक्षीहरुले आफ्नो उम्मेदवारी घोषण गरेका छन्  यसैविच छोटो समयमा नै बेल्जियममा बसि धेरै काम गरेका दिपक न्यौपानेले सचिव पदमा आफ्नो उम्मेदवारी दिने घोषण गरेका हुन् उनको उम्मेदवारीले बेल्जियममा बसोवास गदै आएका प्रवासी नेपालीहरुमा थप उत्साह थपिएको बौद्धिक तथा नेतृत्व कार्य कुशलतामा प्रवल न्यौपाने कसैको आँखामा बिझाउँदैनन् सहयोगी भावनाका उनी सामजिक कार्यमा पनि निकै सक्रिय रहेका छन् पर्वतको पैयु गाउँपालिका स्थित सरौखोलामा जन्मिएका न्यौपाने हाल बुटुवलमा स्थायी रुपमा बसोवास गदै आएका छन् नेपालमा पनि वैङ्किग अनुभव भएको कमख्या बचत तथा ऋण सहकारी संस्थाको कोषाध्याक्ष भएका न्यौपाने एकाउन्टमा मास्टर पास गरेका हुन्

एनआरएनए बेल्जियमको सन् २०१५÷२०१७ को अन्त्वेर्पेनको क्षेत्रीय सचिव, २०१७ ÷२०१९ राष्ट्रिय समन्यव परिषद्  बेल्जियमको सदस्य भएर काम गरेका न्यौपानेले हाल सचिव पदमा उम्मेदवारी दिने भएका हुन्् विगतमा गरेका कार्यको आधारलाई मुल्याङकन गदै उनले सन् २०१९ ÷२०२१ का लागि सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेको जानकारी दिए आफ्नो उम्मेदावारी चुनावलाई मात्र नभई एनआरएनए बेल्जियमको समग्र विकासका लागि भएको बताएका छन् अग्रजहरुको सुझाव सल्लाहलाई मनन गदै सचिव पदमा उम्मेदवारी दिएको न्यौपानेले बताए

एनआरएनए प्रति हाम्रो दोस्रो पुस्तालाई आकर्षण गराउन राष्ट्रिय समन्वय परिसद्को कार्यकारी पद  बाट मात्र सम्भब भएकोले मैले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरको हुँ,उनले भने सचिव पद काम गर्ने अवसर पाएको खण्डमा आदरणीय अग्रजहरुको अनुभव नयाँ पुस्ताको जोश जाँगरको उचित संयोजनमा प्रबासी नेपालीहरुको साझा संगठन एनआरएनएमा रचनात्मक कार्यको थालनी गरि आगामी पुस्तालाई एनआरएनए प्रति आकर्षित गराउने प्रतिबद्दता व्यक्त गरेका छन्

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)