Correspondent, ParbatNepal
6 years ago
1547
जापान । गैरआवासीय नेपाली संघ (एनआरएन) को कोषाध्यक्ष पदमा महेशकुमार श्रेष्ठले उम्मेदवारी दिने भएका छन् । बाग्लुङमा जन्मिएर पर्वतको कुश्मामा हुर्किएका श्रेष्ठ नेपाल एनआरएनभित्रको एक प्रभावशाली व्यक्तित्वका रुपमा चिनिन्छन् ।
पर्वतको कुश्माबाट प्रारम्भिक शिक्षादेखि माध्यमिकसम्मको अध्ययन सकेका उनी सोसोलोजी र एन्थ्रोपोलोजीमा स्नाकोत्तर हुन् । यस्तै सिभिल इन्जिनियरिङमा डिप्लोमा गरेका उनी हाल जापानको काएचु विश्वविद्यालयमा पीएचडी हासिल गर्ने क्रममा रहेका छन् । जापानस्थित सिटी एक्सप्रेस मनि ट्रान्सफर जापानको सीईओ, तोनान कम्पनीको अध्यक्ष, सीटी एक्सप्रेस कनेक्टको निर्देशक, SBI CITY EXPRESS GLOBAL का निर्देशक समेत रहेका उनी जेएनएन एग्रो कम्पनी का डाइरेक्टर पनि हुन् ।
यसैगरी नेपालमा विभिन्न वैंकहरु, सिटी फाइनान्स, सिटी एक्सप्रेस मनि ट्रान्सफर सिटी ट्राभल एण्ड टुर, IT company, Export Import company, विभिन्न हाइड्रोपावरमा समेत लगानी रहेका उनको सरकारी र सामाजिक क्षेत्रमा पनि उत्तीकै सक्रियता रहेकोछ । नेपाल सरकारले गठन गरेको वैदेशिक लगानी समन्वय तथा अनुगमन समितिका सदस्य रहिसकेका उनी हाल एनआरएन आईसीसीको केन्द्रीय सदस्य रहेका छन् ।
एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोजीदेखि वर्तमान अध्यक्ष भवन भट्टजीसम्मले एनआरएनएको अभियानमा महत्वपूर्ण भूमिका खेल्नु भएको छ । संस्थापक अध्यक्ष उपेन्द्र महतोजीले संगठन विस्तार गरि एनआरएनएको अन्तराष्ट्रिय संजाल विस्तार गर्नका लागि महत्वपूर्ण भूमिका खेल्नु भएको थियो ।
यहाँले एनआरएनएको कोषाध्यक्षमा नै उम्मेदवारी घोषणा गर्नुभएको छ, यहाँको उम्मेदवारी किन ?
म एनआरएनएको एउटा जिम्मेवार सदस्यको नाताले यो अभियानलाई थप अगाडि बढाउन नेत्तृत्व तहमा बसेर काम गर्न सक्छु भन्ने लागेर नै उम्मेदवारी घोाषणा गरेको हुँ । कोषाध्यक्षले संस्थाको आर्थिक पाटो हेर्नु पर्ने हुन्छ र संस्थामा आम्दानीको श्रोतहरु जुटाउने, अनावश्यक खर्च कटौती गरी मितब्ययिता अपनाउने, आम्दानी र खर्चको सन्तुलन मिलाउने जस्ता नित्तान्त आर्थिक कारोबार गर्नु पर्ने हुन्छ । म आफू बिगत धेरै वर्षदेखि फाईनान्सियल सेक्टरमा काम गरेको अनुभवलाई सही रुपमा उपयोग गर्न सकिने पद कोषाध्यक्ष नै भएकोले मा यस पदको लागि आफ्नो उमेदवारी दाबी गरेको हो ।
म कोषाध्यक्ष भए भने सर्बप्रथम मैले गैरआवासीय श्रमिक कल्याण कोषको स्थापना गर्नेछु । उक्त कोषमा वार्षिक ८० करोड रुपैया संकलन गर्ने मेरो योजना रहेको छ । उक्त कोषमा पैसा संकलन र कोष संचालनको प्रक्रियाका संबन्धमा संवन्धित पक्षहरुसंग सकारात्मक कुराकानी भैरहेको छ । बार्षिक ८० करोड संकलन गर्ने प्रक्रिया यस प्रकार छ – संसारभरबाट बार्षिक करिब ८ खर्ब रुपैयाँ रेमिटेन्समार्फत नेपाल भित्रिन्छ र नेपाल राष्ट्र बैकले इन्सेन्टिभको रुपमा १ अमेरिकन डलर बराबर ३० पैसा बैकलाई दिने गर्दछ र उक्त ३० पैसा मध्ये १ पैसा उक्त कोषमा जम्मा गर्न सकिएमा बार्षिक ८० करोड रुपैया जम्मा गर्न सकिन्छ रउक्त कोषको संचालनका लागि निमावली तथा कार्य्विधी बनाउने सम्बन्धमा सम्बन्धित पक्षहरुसंग गहन छलफल भैरहेकोछ ।
एनआरएनएमा तपाइको योगदान के छ
स्थापना कालदेखि नै एनआरएनए जापानमा सक्रिय भूमिका खेल्दै आइरहेको छु र सन् २००७ देखि लगातार एनआरएनएको केन्द्रिय विधान समितिमा बसेर कम गरिरहेको छु र त्यसैगरी एनआरएनएको लगानीसम्बन्धी समितिमा रही २००९ सालदेखि सक्रिय योगदान दिइरहेको छु । एनआरएनएको सामुहिक लगानीको अबधारणा अनुसार निर्माण गरिएको एनआरएनए इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको निर्देशक भएर काम गरिरहेको छु ।
विदेशमा बस्ने नेपालीको हितमा अन्य के काम गर्नु भयो ?
नेपालको संविधानको धारा २९१ ले बिदेशमा स्थायी बसोबास भिसा लिएकाहरुलाई ठूलो अन्याय गरेको छ । उक्त धारा बिदेशमा स्थायी बसोबास भिसा लिएर बसेकाप्रति विभेदपूर्ण छ । उक्त धाराले बिदेशमा स्थायी भिसा लिएर बस्नुहुने नेपाली नागरिकहरुको नैसर्गिक अधिकार खोसेको छ । मैले संविधानको उक्त धाराको विरुद्धमा सर्बोच्च अदालतमा रिट हालेको छु र म गैर आवासीय नेपालीहरुको हकहित र अधिकारको लागि निरन्तर लडिरनेछु ।नेपाल ब्रिटेन डटकमबाट साभार
