Correspondent, ParbatNepal
6 years ago
1826
पर्वत– गैर आवासिय नेपाली संघ -एनआरएनए_ यूकेको निर्वाचनको मिति नजिकिँदै गर्दा नेतृत्व लिने प्रतिस्पर्घीहरु मैदानमा उत्रिएका छन् । आगामी सेक्टम्वर १४ तारिख का दिन हुन गईरहेको एनआरएनए यूकेको अधिवेशनका लागि ४ जना प्रतिस्पर्धीहरुको उम्मेदवारी परेको छ ।उम्मेदवारी दिनेहरुमा गैर आवसिय नेपाली संघ एनआरएन यूके एनसिसि सदस्य भिमलाल भट्टराई,याम आचार्य,सरस्वती केसी र इङल्याण्ड राज्य समितिको सदस्य पदमा प्रकाश न्यौपानेले उम्मेदवारी घोषणा गर्नुभएको हो । उम्मेदवारहरुको छोटो परिचय सहित...
प्रकाश न्यौपाने
वेलफेयर सोसाईटी यूकेका सचिव एवम् प्रवक्ता प्रकाश न्यौपानेले एनआरएन युके मा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ । न्यौपानेले इङल्याण्ड राज्य समितिको सदस्य पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो । पर्वतको बराचौरमा जन्मिएका न्यौपाने लामो समयदेखी यूकेमा बस्दै आउनु भएको छ । न्यौपाने लायन्स क्लब अफ लण्डनका अध्यक्ष, भिजिट नेपाल २०२० सामाजिक संजाल परिषदका सचिब तथा विभिन्न संघसंस्थामा सक्रिय रुपमा आवद्ध हुनुहुन्छ । इङल्याण्ड राज्य समितिको सदस्य पद सानो भए पनि जिम्मेवारीका हिसावले महत्वपूर्ण मानिन्छ । इङल्याण्ड राज्य समितिको सदस्यमा पर्वतेहरुको उम्मेदवारी न्यून भएकाले आफुले सो पदमा उम्मेदवारी दिएको बताउनु भयो । बिना तयारी निर्णय लिएपनि आफुले सो संस्थाका विषयमा धेरै जानकार रहेको बताउनु भयो । जिम्मेवारी सानो ठुलो नहुने बताउँदै न्यौपानेले सहयोग गर्न सम्पूर्ण बेलायत बासी पर्वते प्रवासीहरुलाई आग्रह गर्नुभएको छ ।
भिमलाल भट्टराई
गैर आवासिय नेपाली संघ एनआरएन यूके एनसिसि सदस्य पदमा पर्वतका भिमलाल भट्टराईले
उम्मेदवारी दिने हुनुभएको छ । कर्मठ, स्वच्छ छवि भएका भट्टराईको उम्मेदवारीले प्रवासीहरु
उत्साहित भएका छन् । उम्मेदवारी घोषणा गदै भट्टराइले सहयोग गर्न सम्पूर्ण प्रवासीहरुलाई
आग्रह गर्नुभएको छ । विगतमा गरेका कामको मुल्याङन गदै एनसिसि यूकेको सदस्य पदमा विजयी
गराउन सम्पूर्ण प्रवासीहरुलाई अनुरोध गर्नुभएको छ ।
याम आचार्य
गैर आवासिय नेपाली संघ एनआरएन यूके एनसिसि सदस्य पदमा पर्वतका याम आचार्यले उम्मेदवारी दिनुभएको छ । जिल्लाको जलजला गाउँपालिका–७ धाईरिङमा जन्मिनु भएको आचार्य लामो समय देखी बेलायतमा बस्दै आउनु भएको छ । सामजिक सञ्जाल मार्फत आफुले एनआरएनए बेलायतको सदस्य पदमा उम्मेदवारी दिएको घोषणा गर्नुभयो । अग्रजहरुको अनुरोध र साथीभाईहरुको सल्लाहमा आफुले उम्मेदवारी दिएको जानकारी दिनुभयो । बौद्धिक व्यत्तित्वको रुपमा परिचित आचार्य विभिन्न सामजिक संघसंस्थामा आवद्ध भई रचनात्मक कार्य गदै आउनु भएको छ । विद्या मन्दिर बागलुङवाट एसएलसी उत्तिर्ण गर्नुभएको आचार्यले महेन्द्रबहुमुखी क्याम्पसवाट आईए पास गर्नुभएको हो । आचार्य नेपाल हुँदा बिन्धबासिनी सामुदायिक बन उपभोक्ता समूहको अध्यक्ष र बन उपभोक्ता महासंघको केन्द्रिय सदस्य समेत हुनुहुन्थ्यो । उनी खेलकुद विकास समिति पर्वतको पूर्व उपाध्याक्ष पनि हुन् । वि.स २०५४ देखी ०५९ सम्म साविक धाईरिङ गाविसको अध्यक्ष भएर काम गर्नुभएका आचार्यलाई धाईरिङबासी विकासको जगका रुपमा चित्ररण गर्छन । विभिन्न सामजिक र विकास निर्माणको अनुभव बटुलेका आचार्य सँग बेलायत आयर पर्वत वेलफेयर सोसाईटीका सदस्य र सल्लाहकार भएर काम गरेको अनुभव छ । एनआरएनए बेलायतको सदस्य भएर काम गर्ने तत्पर इच्छा भएकाले आफुलाई सदस्यमा बिजय गराउन सम्पूर्ण बेलायतवासी बुवाआमा दाजुभाई दिदिबहिनीहरुलाई आग्रह गर्नुभएको छ ।
सरस्वती केसी
गैर आवासिय नेपाली संघ एनआरएन यूके एनसिसि सदस्य पदमा पर्वतकी सरस्वती केसीले उम्मेदवारी घोषणा गर्नुभएको छ । पर्वतको महाशिला गाउँपालिका –४ पाखापानीमा माईत भएकी केसी बागलुङ निवासी हुन् । लामो समयदेखी समाजसेवामा लागेकी केसी विभिन्न संघसंस्थामा आवद्ध छन् । ‘आफुप्रति प्रवासीको विश्वास रहेको र संस्थालाई फरक ढङगले अघि बढाउने उद्देश्यले प्रतिस्पर्धामा होमिएको छु,’– केसीले भन्नुभयो । सदस्य पदको दावेदार केसीले गैरआवासिय नेपाली संघ एनसिसि यूकेको गतिविधीलाई प्रभावकारी रुपमा अगडी बढाउन तथा जिम्मेदवारीलाई बहन गर्न एक मात्र अर्जुन दृष्टिसाथ नेतृत्वमा जान हारेको स्पष्ट पार्नुभयो । विभिन्न सामजिक संस्थामा आवद्ध केसी प्रवासीहरुको हितमा संस्थालाई स्थापित गर्ने लक्ष्यसाथ नेतृत्वमा जान चाहेको बताउनु भयो ।
