Correspondent, ParbatNepal
6 years ago
1796
साजन परियार । कुश्मा नगरपालिका–४ का क्यान्सर पीडित मिनवहादुर परियार‘खड्के’को उपचारका लागि प्रवासमा रहेका नेपालीले आर्थिक सहयोग गरेका छन् । आन्द्रामा क्यान्सर भएर लामो सयमदेखी उपचारर्थ मिन परियारको उपचारका लागि पर्वत समाज बेल्जियमले ७६ हजार ८ सय ४८ रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
आज एक समारोहका बिच कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशी, अन्तरष्ट्रिय पर्वत समाजका सल्लाहकार गोविन्द सुवेदी र एनआरएनए यूरोपका सह संयोजक एकराज गिरीले उक्त रकम मिनकी आमा तुलसी परियारलाई संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको हो । २९ बर्षिय मिन परियार आन्द्रामा क्यान्सर भई हाल दिल्ली स्थित राजिव गान्धी हस्पिटलममा उपचारर्थ छन् ।
आर्थिक अवस्था कमजोर भएका कारण उनको परिवारले आर्थिक सहयोगको याचना गदै आएको छ । रकम हस्तान्तरण कार्यक्रममा बोल्दै कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीले क्यान्सर पीडित मिन परियारको उपचारका लागि प्रवासीले गरेको सहयोग अपुरणिय रहेको बताउनु भयो । उहाँले दुःखमा पर्दा एक नेपालीले अर्को नेपालीलाई सहयोग गर्नु नै मानवता भएको बताउनु भयो । साथै पीडितको उपचारका लागि नगरपालिकावाट थप सहयोग गर्ने आश्वासन दिनुभयो ।
अन्तरष्ट्रिय पर्वत समाजका सल्लाहकार गोविन्द सुवेदीले क्यान्सर पीडित मिन परियारको उपचारका लागि प्रवासवाट थप सहयोग गर्ने उपलव्ध गराउने बताउनु भयो । एनआरएनए यूरोपका सह–संयोजक एकराज गिरीले प्रवासमा रहेका नेपालीवाट एक–एक रुपैयाँ जम्मा गरेर सहयोग गरेको बताउनु भयो । पर्वत समाज बेल्जियमका अध्यक्ष झलक केसी र समाजका सल्लाहकार भिम जोशीको अगुवाईमा उक्त रकम संकलन गरिएको हो ।
पर्वत समाज बेल्जियम पर्वत जिल्लाको विकास र समृद्धिका लागि स्थापना भएको संस्था भएको बताउँदै क्याक्सर पीडित परियारको उपचारका लागि थप सहयोग गर्ने आश्वासन दिनुभयो । समाजका अध्यक्ष केसीले विपन्न,गरिव तथा अपाङगता भएका व्यक्तिहरुलाई सहयोग गदै आएको समेत जानकारी दिनुभयो ।
