Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1753




बजारको फोहोरले दुर्गन्धित हुँदै कालीगण्डकी
बजारको फोहोरले दुर्गन्धित हुँदै कालीगण्डकी

रोशन तिवारी,पर्वत  । पर्वत, वागलुङ म्याग्दी सदरमुकाम बाट उत्पादन हुने फोहोर ढल कालीगण्डकी नदीमा मिसाउँदा दुर्गन्ध बढेको कालीगण्डकी नदीमा वर्षौदेखि फोहोर फाल्ने गरिएको नदीमा फोहोर मिसाउँदा धार्मिक दृष्टिले पवित्र पर्यटकिय हिसावले महत्वपूर्ण मानिएको कालीगण्डकी नदीको अस्तित्व खतरामा पुगेको नागरिकहरुको गुनासो

पर्वतको कुश्मा नगरपालिकाले हालै ल्याण्डफिल्ड साईड बनाएर फोहोर फाल्न शुरु गरेको तर, बागलुङ बजार, म्याग्दीको बेनी बजार, पर्वतको फलेवास नगरपालिका, मोदी गाउँपालिका जलजला गाउँपालिकाको फोहोर भने अहिले पनि कालीगण्डकी नदीमै फाल्ने गरिएको नगर तथा गाउँपालिकाहरुले फोहोर व्यवस्थापनमा कुनै ध्यान दिएका छैनन बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले फोहोर व्यवस्थित गर्ने ठाउँको खोजी भैरहेकाले अबको महिनापछि नदीमा फोहोर फाल्न रोकिने बताउनुभयो

बजार क्षेत्रको फोहोर प्रसोधन गर्ने गरि ल्याण्डफिल्ड साईडको खोजी भैरहेको पौडेलले जानकारी दिनुभयो म्याग्दीको बेनीका बासिन्दाहरुले कालीगण्डकी नदीमा फोहोर मिसाउन नहुने माग गर्दै आईरहेका छन् तर नदी किनारमै नगरपालिकाले फोहोर फाल्दै आईरहेको पर्वतको जलजला गाउँपालिकाका बजार क्षेत्रको फोहोर पनि कालीगण्डकीमा मिसाउने गरिएको

मोदी गाउँपालिकाको फोहोर मोदीखोलामा फालिन्छ मोदी नदी कालीगण्डकीमा मिसिन्छ मोदीबेनी क्षेत्र विकास समितिका अध्यक्ष केशवराज पौडेलले नदीमा फोहोर बढ्दा धार्मिक रुपमा पवित्र नदी कालीगण्डकीको अस्तित्व खतरामा परेको बताउनुभयो धार्मिक अनुरागीहरुले कालीगण्डकी नदीमा स्नान गर्न समेत घिन मान्ने स्थिती आएको पौडेलले बताउनुभयो

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)