Author
ParbatNepal
Correspondent, ParbatNepal
6 years ago
2367
पर्वतमा पहिरोमा पुरिएर एकको मृत्यु
भदौ ५ पर्वत । पर्वतमा पहिरोमा पुरिएर एक बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा कुश्मा नगरपालिका– २ बुढीस्वाँराका ६५ वर्षिय रेमबहादुर चालिसे रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । आज विहान पहिरोले घर पुर्दा भित्र सुतिरहेका चालिसेको मृत्यु भएको हो । चालिसेको शव आज विहान १० वजे पुरिएको घरभित्रबाट निकालिएको छ ।
राती नै पहिरो गएर उनी पुरिएको हुन सक्ने गाउँलेले अनुमान गरेका छन् । गाउँमा एक्लो घर रहेकाले गाउँका बासिन्दाले विहान मात्रै घटनाको बारेमा थाहा पाएका थिए । गाउँलेले थाहा पाएपछि प्रहरीलाइर्रु खबर गरि उद्धारको काम शुरु भएको थियो । घरका अरु सदस्य घर बाहिर रहेको हुनाले अरु मानवीय क्षती हुनबाट जोगिएको छ ।
सम्बन्धित समाचार (जिल्ला )
Kokhe Danda Trek
2394
सम्बन्धित समाचार ( मुख्य खबर)
