Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1785




एनआरएनएमा कुल आचार्यको लोकप्रियता बढ्दो
एनआरएनएमा कुल आचार्यको लोकप्रियता बढ्दो

साजन परियार, पर्वत गैरआवासिय नेपाली संघको विश्व सम्मेलनको मिति नजिकिँदै गर्दा अध्यक्ष पदमा उम्मेदवार दिने घोषणा गर्नुभएका कुल आचार्यको लोकप्रियता तिव्र रुपमा बढ्दै गएको प्रवासीहरुले बताएका छन्   एनआरएनए केन्द्रिय उपाध्यक्ष समेत रहेका आचार्यले उम्मेदवारी दिनेभनेपछि उनको उम्मेदवारीको निकै चर्चा हुन थालेको आचार्यको पक्षमा विभिन्न देशमा रहेका प्रवासीहरुले सार्वजनिक ठाउँमा भोट माग्न थालेका छन्

आचार्यले पनि आफ्नो सक्रियतालाई बढाएका छन् उनी अहिले एनआरएनएका साथीभाई प्रवासीका समस्या बुझ्दै विभिन्न देशमा पुगेका छन् गएको दश दिनमा ओटा मुलुकहरुका एनआरएनएका अभियन्ता साथीहरुसंग भेटघाट गरिसक्नुभएको यो अवधिमा एनसीसी माल्टा, क्यानडा आयरल्याण्डका साधारण सभाहरुमा सहभागी भै आफ्ना विचारहरु राख्दै आउनुभएको त्यस्तै साइप्रस अमेरिकाको न्यूयोर्क तथा डालस शहरमा साथीहरुसंग समसामयिक विषयमा अन्तरक्रिया गर्नुभएको

भेटघाट पछि फर्किएपछि पर्वत नेपाल सँग कुराकानी गदै एनआरएनएका अभियन्ता साथीभाईहरुको माया सद्भावले निकै उत्साहित भएको बताउनु भयो भ्रमणबाट एनआरएनए भनेको एउटै ठूलो परिवार हो भन्ने मेरो धारणा थप बलियो भएको , आचार्यले भन्नुभयो साथीभाईहरुको भेटघाट पछि उर्जा मिलेको बताउँदै प्रवासमा बस्ने हरेक गैरआवासीय नेपालीलाई समेट्ने गरी संघलाई समावेशी सशक्त बनाउन आफुले अध्यक्ष पद उम्मेदवारी दिने बताउनु भयो

पर्वतको जलजला गाउँपालिका धाइरिङमा जन्मिएका आचार्यको लोकप्रियता एनआरएनएका अन्य नेताको तुलनामा निकै माथि एनआरएनएको निर्वाचनमा आचार्यले अत्यधिक मत ल्याउने अनुमान गरिएको उनी एनआरएनए भित्र मात्र नभई संसारभरका प्रवासीहरुका प्रियपात्र हुन् उनको उम्मेदवारी अध्यक्षमा परेमा सर्वसम्मत हुने संभावना रहेको एनआरएनए स्रोतले बताएको

आचार्यले चुनाव जित्छन उनको तुलनामा अरु कोही आउन सक्दैन, एनआरएनएका एक नेताले भने,– उनको विकल्प छैन एनआरएनएमा जे काममा हात हाल्यो, त्यसैमा सफल नेताका रुपमा स्थापित आचार्य उपाध्यक्षमा समेत सबैखाले सिण्डिकेट तोडेर निर्वा्िचत भएका थिए उनी लण्डनका सफल व्यवसायी मानिन्छन् एनआरएनएको विश्व सम्मेलन तथा महाधिवेशन आगामी अक्टोबर १३ देखी १६ सम्म काठमाडौँमा हुँदै

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)