Correspondent, ParbatNepal
6 years ago
1765
पर्वत नेपाल– गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् पोर्चुगलको सातौं अधिवेशनबाट परिषद् सदस्यमा रविन अधिकारी र नारायणकाजी मगर निर्वाचित भएका छन् ।सन् २०१९–२०२१को कार्यकालका लागि तिलकप्रसाद गैरे निर्वाचित हुनुभएको छ । त्यस्तै, बरिष्ठ उपाध्यक्षमा भिमसेन थापा चुनिएका छन । त्यस्तै अर्र्का उपाध्यक्षमा अशोक गुरुङ र मच्छिन्द्र अर्याल निर्वाचित भएका छन् । महासचिवमा भने पर्वतका हेमराज सुबेदी चुनिएका छन् । कोषाध्यक्षमा पर्वतका बिक्रमजङ कुँवर र युवा संयोजकमा दिनेश भण्डारी बिजयी भएका छन् । अधिवेशन अघि नै महिला उपाध्यक्षमा सीता श्रेष्ठ, महिला संयोजकमा सुशीला थापा, सचिवमा यामिन्द्र घर्ती र प्रकाश ढकाल तथा सह कोषाअध्यक्षमा तिलक कँडेल निर्विरोध निर्वाचित भएका थिए । कार्यसमिति सदस्यमा मल्लाज माझफाँटका रमेश पौडेल सहित १५ सदस्य पनि निर्विरोध चुनिएका छन् ।
मतगणनापछि
आयोजित कार्यक्रममा नेपाली काँग्रेसका
नेता बीरबहादुर बलायरले
निर्वाचित पदाधिकारी तथा सदस्यलाई
प्रमाणपत्र प्रदान गरे ।
संघका अन्तर्रा्ष्ट्रिय परिषद्
उपाध्यक्ष कुल आचार्यले
सपथ गराए ।
नवनियुक्त पदाधिकारीलाई निर्देशन दिदै नेता
बलायरले राजनीतिक आस्थाका आधारमा
नभई नेपाली पन
र सेवा भावका
आधारमा काम गर्न
सुझाए ।
गैर आवासीय नेपालीको
साझा समस्या समाधानका
लागि सरकार र
पार्टीले लिनुपर्ने नीतिका बारेमा
सुझाव दिन उनले
आग्रह गरे ।
त्यस्तै, संघका उपाध्यक्ष आचार्यले गैर आवासीय नागरिकले अघि सारेका नागरिकता र अन्य समस्याबारे संघले गरिरहेका प्रयासबारे जानकारी दिए । त्यसैगरी पोर्चुगलका लागि नेपाली अबैतनिक वाणिज्यदूत मकर हमालले नयाँ नेतृत्वलाई बधाई दिदै समस्या समाधानका लागि एकजुट हुन आग्रह गरे ।
सोही कार्यक्रममा निवर्तमान अध्यक्ष कुबेर कार्कीले नव निर्वाचित समितिलाई कार्यभार हस्तान्तरण गरे । पोर्चुगलमा करिव २५ हजार नेपाली रहेका अनुमान गरिएको छ । एनआरएनएमा दुई हजार भन्दा बढी सदस्य छन् । यो अधिवेशनमा १ हजार ३ सय ९८ सदस्यले मतदान गरेका थिए ।
