Correspondent, ParbatNepal
6 years ago
2618
भदौ
११, पर्वत ।
विद्यार्थी र शिक्षक
धमाधम बिरामी पर्न
थालेपछि पर्वतको एक विद्यालय
बन्द भएको छ
। पर्वतको विहादी
गाउँपालिका – १ बाच्छामा
अवस्थित जनकल्याण मावि केहि
दिनका लागि बन्द
गरिएको हो ।
मौसमका कारण एक
सय भन्दा बढि
विद्यार्थी र शिक्षकहरुलाई
ज्वरो आउने, रुघा
लाग्ने र टाउको
दुख्ने, खोकी लाग्ने,
बान्ता हुने जस्ता
समस्या देखिएपछि थप संक्रमण
नफैलियोस भनेर विद्यालय
बन्द गरिएको निमित्त
प्रद्यानाध्यापक चित्रप्रसाद श्रेष्ठले जानकारी
दिनुभयो ।
अहिले तत्काललाई मंगलवार देखि दुई दिनका लागि विद्यालय बन्द गरिएको र संक्रमण नरोकिएमा पुनः थप गरिने श्रेष्ठले बताउनुभयो । स्थानीय स्वाथ्य चौकीका स्वास्थ्यकर्मी, जनप्रतिनिधि, शिक्षक तथा अभिभावकहरुको भेला बसी गाउँमा थप संक्रमण नफैलियोस् भनेर स्कुल बन्द गर्ने निर्णय गरिएको शिक्षक झलक चापागाँईले जानकारी दिनुभयो । बिरामी परेका शिक्षक तथा विद्यार्थीहरु मध्ये केहिको स्थानीय स्वास्थ्य चौकी, केहिको कुश्मा र पोखरामा उपचार भैरहेको चापागाईले जानकारी दिनुभयो ।
