Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

4849




इच्छा शक्तिले बदलिएको विद्यालय
इच्छा शक्तिले बदलिएको विद्यालय

साजन परियार पर्वत  दुई वर्ष अघि विद्यार्थी नभए बन्द हुने सूचीमा थियो गहते अम्बोट आधारभुत विद्यालय फलेबास नगरपालिका मुडिकुवाको यो विद्यालयप्रति कसैको चासो थिएन दिन दुगुणा, रात चौगुणा विद्यार्थी घटिरहेका थिए नगरपालिका स्थापना भएको पहिलो वर्ष नै फलेवासले विद्यालय गाभ्ने सूचीमा अग्रस्थानमै राखेको थियो यहि विद्यालय हो, अहिले जिल्लाकै नमुनामध्येमा पर्छ पढाईको गुणस्तर मात्रै होइन, विद्यार्थी संख्या, पुर्वाधार एउटा विद्यालयमा हुनुपर्ने सबैखालका सुचकहरुको भरिपुर्णता

विद्यालयमा शैक्षिक मात्रै होइन अन्य गतिविधीले पनि महत्व पाउन थालेका छन् नगरपालिकाले गाभ्ने सूचिमा राख्दा गाउ“को नाकै काटिने चिन्ता थियो, विद्यालयका प्रधानाध्यापक ओमकार पौडेल भन्छन्, ‘इच्छाशक्ति ठुलो कुरा रहेछ नगरपालिकाको त्यो निर्णय हाम्रो मुटुमै बिझ्यो सबै खटेर लाग्यौं दुई वर्षमै नसोचेको परिवर्तन भएको ।’ अभिभावक, गाउ“का शुभचिन्तक शिक्षकहरुको निरन्तरको सक्रियताले अहिले विद्यालयले नया“ जिवन पाएको उनले बताए

गाउ“को छेउमा एउटा सानो चिटिक्क परेको विद्यालय ५८ रोपनी क्षेत्रफलमा फैलिएको विद्यालयलाई चारैतिर बुट्यान रुखहरुले घेरिएको खानीगाउ“ मुडिकुवाको सिमानामा पर्ने विद्यालय जति सुन्दर शान्त , त्यतिनै उत्कृष्ट हु“दै गएको अभिभावकहरु दाबी गर्छन् दुई वर्षमै यति राम्रोसंग सुध्रिएला भनेर कल्पना गरेकै थिएनौं, शिक्ष्ँक अभिभावक संघका अध्यक्ष्ँ बाबुराम शर्मा भन्छन्, ‘शिक्ष्ँकहरु अभिभावकको प्रयासले यति छिटो परिवर्तन भयो ।’ दुई वर्षअघि १३ जनामा सिमित विद्यालयमा हाल ७६ जना विद्यार्थी पुगेको उनले बताए उनका अनुसार नगरपालिकाले गाभ्ने सुचीमा राखेको यो विद्यालयको समिति शिक्ष्ँकहरुले तत्कालका लागि केहि समय पर्खिन भनेको थियो एक वर्षको समय मागेका शिक्ष्ँक अभिभावकले नीजि विद्यँलयमा पढ्दैगरेका आफ्ना छोराछोरी फर्काएर ल्याए शिक्ष्ँकहरुले पेशाप्रतिको आनीबानी सुधार गरे अंग्रेजी माध्यम नीजि विद्यालयको प्रविधि अपनाए बोर्डिङको स्टाइलमा लैजान भनेर एलकेजी, युकेजी कक्ष् थप ¥यौं, प्रअ पौडेल भन्छन्, ‘विद्यार्थी तान्ने अचुक उपाय यो नै मुख्य रह्यो ।’ नीजि विद्यालयमा भन्दा योग्यता अध्यापन अनुभवका हिसावले उत्कृष्ठ शिक्ष्ँक भएको विषय अभिभावकले नै प्रचार गरेपछि विद्यार्थी संख्या ह्वात्तै बढेको उनि बताउ“छन्


                 विद्यालयका शैक्षिक विषयमा छलफल गदै विद्यालयका प्रअ ओमकार पौडेल ।

स्थानीय अगुवाहरुको पहलमा २०३५ सालमा स्थापना भएको विद्यालय विद्यार्थी अभावकै कारण माथिल्लो तहमा स्तरबृद्धी हुन सकेको थिएन हाल पनि कक्ष्ाँ सम्म मात्रै पढाई हु“दैआएको पछिल्लो समय विद्यालयमा भएको परिवर्तन विद्यार्थीको अनुशासन, शिक्षकहरुको मेहेनत अभिभावकहरुको लगानशिलताको प्रतिफल भएको व्यवस्थापन समितिको दाबी वर्ष पहिले १३ जना विद्यार्थी रहेको विद्यालयमा हाल ७६ जना छन् वर्ष अघिको अवस्थावाट गुज्रिएको विद्यालय आज नगरकै उत्कृष्ठ विद्यालयमा दरिएको फलेबासका प्रवक्ता एवं वडा नंवर का अध्यक्ष टिकाराम गौंडेल दाबी गर्छन् मेरै गाउ“को विद्यालय गाभिने सूचीमा देख्दा आफैलाई लाज लागेको थियो, गौंडेलले भने, ‘अहिले यहि विद्यालयले मेरो शिर ठाडो पारेको थियो उतिबेला मैले नै गाभिनबाट जोगाएको थिएं मेरो इज्जत शिक्ष्ँक अभिभावकहरुले बचाइदिनुभएको ।’

अघिल्लो वर्षदेखि यस विद्यालयको अध्ययन पुरा गरि अन्य विद्यालयमा गएका विद्यार्थीहरुको नतिजा पनि राम्रो देखिएको शिक्ष्ँकहरुले दाबी गरेका छन् सामुदायिक विद्यालयमा पढेका विद्यार्थीको पढाइ राम्रो हु“दैन भन्ने हाम्रो सामाजिक सोंचमा परिवर्तन आउन थालेको , शिक्ष्ँक मोतीप्रसाद चुवाईंले भने, ‘अहिले यहा“का विद्यार्थीको नतिजा देखेर नै नीजिमा पढाएका अभिभावक विद्यार्थी हामीकहा“ फिर्ता ल्याउनुभएको ।’ केही वर्ष पहिला विद्यालयको अवस्था जटिल थियो

कसरी सुध्रियो विद्यालय <

दुई वर्ष पहिले ओमकार पौडेल विद्यालयका प्रधानाध्यापक भएर आउ“दा विद्यालयमा जम्मा १३ जना विद्यार्थी थिए विद्यालय वरिपरिका विद्यार्थी बोर्डिङ वा गुणस्तर खोज्दै अरु सामुदायिक विद्यालयमा जान्थे अरु विद्यालय अपायक स्थानमा भए पनि गुणस्तरको खोजीमा अभिभावकले अरु विद्यालयमा पठाउने गर्दथे प्रअ पौडेल आएलगत्तै विद्यार्थी माग्न अभिभावकको घरदैलोमा नपुगेका होईनन् तर, अभिभावकहरुले विद्यालयको शैक्षिक गुणस्तर माथि प्रश्न गर्थे पौडेल सोही गाउ“का स्थायी बासिन्दा भएकाले पनि उनमा सो विद्यालयप्रति निकै जिम्मेवारी थियो उक्त समयमा उनलाई विद्यालय व्यवस्थापन समितिले दिएको जिम्मेवारी बहन गर्न निकै चुनौतीपुर्ण थियो विद्यालय प्रति अभिभावकहरुको दृष्टिकोण फरक थियो तर उनले हिम्मत हारेनन् उनी विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्न निरन्तर लागिरहे शुरुमा विद्यालयका शिक्षकसंग छलफल चलाए अभिभावकहरुलाई जम्मा गरे अभिभावकवाट गुनासो संकलन गरे त्यसपछि अभिभावकहरुको चाहाना भावना अनुसार अगडी बढ्न थाले उनको अभियानलाई विद्यालयका शिक्षकशिक्षिकाले पनि साथ दिए स्थानीय युवाहरु विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्न सक्रिय भएर लागे विद्यालयमा निशुल्क अतिरिक्त कक्षा सञ्चालन गरे मासिक रुपमा परिक्षा लिन थाले त्यसपछि विद्यार्थीको नतिजा अभिभावकको हातमा थमाई दिए विद्यालयको शैक्षिक गुणस्तरप्रति अभिभावको विश्वास बढ्दै गयो अभिभावक विद्यालय आफ्ना छोराछोरी प्रति जिम्मेवार बन्न थाले विद्यालयमा अभिभावकहरु आउने क्रम पनि बढ्दै जान थाल्यो शिक्ष्ँकहरु शैक्ष्ँिक सुधारको प्रतिवद्धता मात्रै गरेनन्, अभिभावकलाई विश्वास दिलाउन आफ्ना छोराछोरी पनि आफैले पढाउने विद्यालयमा ल्याएर भर्ना गर्न थाले त्यसलगत्तै पहिलो शैक्षिक सत्रमै विद्यार्थी संख्या करिव तीन दर्जन बढ्यो

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)