Correspondent, ParbatNepal
6 years ago
1683
पर्वत–भलिबल प्रतियोगितामा पुरस्कार
स्वरुप प्राप्त रकम प्रवासको एक सामजिक संस्थाले क्यान्सर पीडितलाई प्रदान गर्ने भएको
छ । पर्वतको विकास र समृद्धिका लागि स्थापना भएका पर्वत समाज बहराईनले भलिबल प्रतियोगितामा
दोस्रो पुरस्कार स्वरुप प्राप्त गरेको २२ हजार ५ सय रुपैयाँ क्यान्सर पीडित कुश्मा
नगरपालिका–४ का मिनवहादुर ‘खड्के’लाई प्रदान गर्ने भएको हो । पर्वत
समाज बहराईन प्रवासी पर्वतहरुको साझा सँस्था हो ।
यो अन्तराष्ट्रिय पर्वत समाजको शाखा हो । इस्लामिक धर्मलम्वीको महान चाडको अवसर पारेर कास्की समाज बहराईनले आयोजना गरेको भलिबल प्रतियोगितामा पर्वत समाज बहराईन दोस्रो भएको थियो । ‘पुरस्कारको रकम के गर्ने भन्ने विषयमा छलफल हँदा धेरै खेलाडी साथीहरुले दुखी गरिवलाई सहयोग गर्ने कुरा उठ्यो,‘टिम क्याप्टेन जिवन सुनारले भने,‘हामीले हाम्रै जिल्लाको क्यान्सर पीडित परियारलाई सहयोग गर्ने घोषणा ग¥यो ।,’ ‘रकम सानो भएपनि पीडित व्यक्तिको जिवनमा ठुलो राहात मिल्ने विश्वास लिएका ।,‘पीडित व्यक्तिलाई सहयोग गर्न पाउँदा खुशी लागेको छ,’–उनले भने । यो विषयले हामी खेलाडी मात्र नभई सम्पूर्ण बहराईनबासी नेपालीहरु खुशी भएको उनले प्रतिक्रिया दिए ।
रकम पीडित पक्षलाई हस्तानत्रण गर्ने घोषण गरेपछि खुशी हुँदै पर्वत
समाज बहराईनले खेलाडी साथीहरुलाई धन्यवाद दिनुका साथै उज्वल भविष्यको कामना गर्नुभएको
थियो । कार्यक्रममा पर्वत समाजका अध्यक्ष रामहरि शर्मा, उपाध्याक्ष कृष्ण घतान, सचिव
दिपक कुवँर लगायतले खेलाडी साथीहरुलाई सम्मान समेत गरेका थिए । सम्मान पाउँदा खेलाडी
साथीहरु थप उत्साहित भएको पर्वत समाज बहराईनले जनाएको छ ।
पर्वत समाज बहराईनवाट प्रशिक्षक खड्का पुन, टिम मेनेजर रामहरि शर्मा,
टिम क्याप्टेन जिवन सुनार, डम्वर सुनार, दिपेश बस्नेत,प्रितम मल्ल, प्रदीप थापा, बिनोद
घतान, महेन्द्र क्षेत्री र कृष्ण लिम्बु सहभागि थिए । खेलाडीहरुले क्यान्सर पीडित परियारको
स्वास्थ्य लाभको कामना गदै रकम सहयोग गरेको प्रतिक्रिया दिएका छन् ।
