Correspondent, ParbatNepal
6 years ago
2286
साजन परियार भदौ १२, कुश्मा । पर्वत जिल्लाको समृद्धि र विकासका लागि नेदरल्याण्डमा रहेका पर्वतेद्धारा स्थापना भएको पर्वत समाज नेदरल्याण्डको प्रथम अधिवेशन सम्पन्न भएको छ । अन्तराष्ट्रिय पर्वत समाज शाखाका रुपमा स्थापना भएको समाजले जिल्लाको विकास र समृद्धिमा काम गदै आएको छ । उक्त अधिवेशनले नर रोकाको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको छ । रोका तदर्थ समितिका अध्यक्ष समेत हुन् । पर्वतको जलजला गाउँपालिका–८ नाग्लिवाङमा जन्मिनु भएको रोका सामजिक कार्यमा सक्रिय छन् । समितिको बरिष्ठ उपाध्याक्षमा अमिर गुरुङ, उपाध्याक्षमा तेजवहादुर रोकाह, महासचिवमा रामप्रसाद रेग्मी, सचिवमा चन्द्रवहादुर खत्री, कोषाध्याक्षमा झलक बिक्रम जिसी, सह–कोषाध्याक्षमा फडिन्द्रवहादुर क्षेत्री, सदस्यमा संग्राम गुरुङ, हिरा केसी, झलक श्रेष्ठ र किरण अर्याल निर्वाचित भएको निर्वाचन कमिटिका संयोजक प्रेमकाजी गुरुङले जानकारी दिनुभयो । निर्वार्चित कार्य समितिको अवधि दुई बर्षको हुनेछ ।
निर्वाचित कार्य समितिलाई बधाई ज्ञापन गदै अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरीले जिल्लाको समृद्धिका लागि सबैको साझा एजेण्डा हुनुपर्ने बताउनु भएको छ । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका गिरीले जिल्लाको बृहत विकासका लागि भेगिय स्वार्थ त्याग्नुपर्ने विचार व्यक्त गर्नुभयो । ‘समग्र जिल्लाको विकास कसरी गर्ने भन्ने हाम्रो ध्यान हुनुपर्दछ’ गिरीले भन्नुभयो । उहाँले अन्तराष्ट्रिय पर्वत समाजले जिल्लाको जलजला, पैयु गाउँपालिका र फलेवास नगरपालिकामा प्रसुती गृह निर्माण गर्न लागेको जानकारी दिनुभयो । त्यस्तै उहाँले जलजला गाउँपालिकामा बाढि पहिरो पीडितका लागि ३ वटा घर निर्माण भएको बताउँदै असोजको दोस्रो हप्ता भित्र हस्तानत्रण गरिने बताउनु भयो ।
अन्तराष्ट्रिय पर्वत समाजका उपाध्याक्ष एवम् पर्वत समाज बेल्जियमका अध्यक्ष झलक केसीले बृहत गुरुयोजना निर्माण गरेर जिल्लाको विकासका लागि काम गर्न आग्रह गर्नुभयो । केसीले संस्था जन्माउने मात्र ठुलो कुरा नभएको बताउदै संस्थालाई संस्थागत र दिगो रुपमा युगौ युगसम्म सञ्चालनका लागि संस्थामा लाग्ने व्यक्तिहरुले धैरै मिहेनत गर्नुपर्ने भन्दैै पर्वत समाज नेदरल्याण्डले त्यस्तो टिम पाईरहेको आफुले महसूस गरेको बताउनु भयो । साथै नयाँ पदाधिकारीहरुलाई बधाई ज्ञापन गदै नयाँ जोश र जाँगरका साथ जिल्लाको विकासमा खट्न निर्देशन दिनुभयो ।
अन्तराष्ट्रिय पर्वत समाजका सल्लाहकार एवम् एनआरएन नेदरल्याण्डका अध्यक्ष ठाकुरप्रसाद शर्मा‘मनोहरी’ले संस्थाकोे गरिमालाई उच्च राख्दै जिल्लाको समृद्धका लागि खट्न आग्रह गर्नुभयो । गैरआवासिय नेपाली संघ बेल्जियमका आईसीसी सदस्य सुभाष जोशीले जिल्लाको समृद्धिको लागि प्रवासमा रहेका नेपालीहरुको भूमिका महत्वपूर्ण हुने बताउनु भयो । उहाँले एनआरएनले पनि मुलुकको समृद्धिको लागि काम गरेको बताउँदै यस संस्थाले पनि जिम्मेवारी पूर्ण काम गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल समाज प्रतिष्ठानका अध्यक्ष शसी पौडेल, प्रवास नेपाली मञ्चका प्रतिनिधी टिकाराम सापकोटा, नेदरल्याण्ड व्यवसायी समितिका अध्यक्ष श्रीराम पौडेल लगायतले नयाँ कार्य समितिलाई बधाई ज्ञापन गर्नुभएको थियो ।
पर्वत समाज नेदरल्याण्डको आर्थिक प्रतिवेदन कोषाध्याक्ष झलक विक्रम जिसी, बार्षिक प्रगतिप्रतिवेदन निवर्तमान सचिव सुशिला बाँनियाँ रोका र कार्यक्रमको संचालन महासचिव रामप्रसाद रेग्मीले गर्नुभएको थियो ।
निर्वाचित पश्चात आफ्नो भनाई राख्दै पर्वत समाज नेदरल्याण्डका अध्यक्ष नर रोकाले संस्थाका गतिविधीलाई प्रभावकारी रुपमा अगडी बढाउने बताउनु भयो । आफु प्रवासमा भए पनि जिल्लाको विकास र समृद्धिका लागि काम गदै आएको जिकिर गदै आफ्नो सक्रियतालाई अझै बढाउँदै लैजाने बताउनु भयो । साथै कार्यक्रममा उपस्थित अतिथी गण र जनमासलाई धन्यवाद दिँदै सुझाव सल्लाहको अपेक्षा राखेको बताउनु भयो ।
