Correspondent, ParbatNepal
6 years ago
1602
साजन परियार भदौ १३, पर्वत । कुशे औसी (बुवाको मुख हेर्ने दिन) दिनको अवसरमा यहाँका एक समाजसेवी एवं निर्माण व्यवसायीले विद्यार्थीलाई पोषाक सहयोग गर्नुभएको छ । पर्वतको कुश्मा–४ निवासी श्यामकुमार जोशीले फलेवास नगरपालिका–५ खानीगाउँमा अवस्थित जनप्रीय आधारभूत विद्यालयका विद्यार्थीलाई पोषाक सहयोग गर्नुभएको हो । पत्रकार साजन परियारको पहलमा उक्त विद्यालयमा अध्ययनरत २० जना विद्यार्थीलाई पोषाक वितरण गरिएको हो । कुशे औसीको अवसर पारेर विद्यार्थीलाई सहयोग गरेको जोशीले बताउनु भयो । विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पोषाक नभएको खवर थाहा पाएपछि २० थान (सट–पाईन्ट) पोषाक सहयोग गरेको जोशीले जानकारी दिनुभयो ।
पोषाक आज एक कार्यक्रमको आयोजना गरि वितरण गरिएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थी र अभिभावको रोहवरमा पोषाक वितरण गरिएको पत्रकार साजन परियारले जानकारी दिनुभयो । समाजमा सकरात्मक सन्देश जाने र विद्यालयलाई पनि सहयोग पुग्ने उद्देश्यले पोषाक वितरण गरेको बताउनु भयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी एवम् नेपाल दलित संघका सभापति याम परियार ‘शिव’ले विद्यालय पोषाक वितरण कार्यक्रमले विद्यार्थीलाई ठुलो राहात मिल्ने बताउनु भयो । उहाँले विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि विद्यार्थी, शिक्षक र अभिभावकको त्रिकोणत्मक सम्वन्ध हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेपाल विद्यार्थी संघ पर्वतका नेता शिशिर शर्मा पौडेलले विद्यार्थीको शैक्षिक उन्नतीका लागि यस्ता कार्यक्रम फलदायी हुने बताउनु भयो । नेवि संघ पर्वतले पनि विद्यार्थीको हक हितमा काम गदै आएको बताउँदै विद्यार्थीका मुद्धालाई उठाउँदै आएको जिकिर गर्नुभयो ।
कार्यक्रममा नेपाल तरुण दल फलेवास नगरपालिका संयोजक दिनेश लामिछाने, स्थानीय युवा निर्मल नेपाली र प्रकाश परियार लगायतले मन्तव्य राख्नुभएको थियो । विद्यालयका अध्यक्ष कृष्णप्रसाद तिवारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रको संचालन विद्यालयका प्रधानाध्यापक दुर्गा सुवेदी लम्सालले गर्नुभएको थियो ।
