Correspondent, ParbatNepal
6 years ago
1814
पर्वत–राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल कतार शाखाको अध्यक्षमा शक्ति क्षेत्री निर्विरोध चयन हुनुभएको छ । दुई बर्षिय कार्यकालका (२०१९÷०२१) लागि चयन भएका क्षेत्रीले नेपाली कला संस्कृतिको विकास र पद्धर्दन गर्ने उद्धेश्यले आफुले नेतृत्व लिएको जिकिर गर्नुभयो । उहाँले नेपाली संस्कृति माथि पछिल्लो समय आक्रमण हूँदै गएको प्रति चिन्ता व्यक्त गदै आफ्नो कार्यकालमा मौलिक कला, संस्ीकृति संरक्षण र विकासमा लाग्ने योजना सुनाउनु भयो । क्षेत्रीले नेपाली लोक गित संगितमा बिकृती भित्रिएको बताउँदै प्रतिष्ठानले नराम्रा गित संगितप्रति निगरानी गरेको बताउनु भयो ।
प्रमुख अतिथी एवं गैरआवासिय नेपाली संघ मध्यपूर्व उपसंयोजक प्रविण गुरुङले नेपालको लोक गित संगित र संस्कृतिको विकासमा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल कतार शाखाको अतुलनीय योगदान रहेको बताउनु भयो । नेपाली कला संस्कृतिको विकास सँगै सामजिक कार्यमा संलग्न प्रतिष्ठानको ओगदान अविस्मरणीय रहेको धारणा प्रकट गर्नुभयो ।
कार्यक्रममा कतारमा स्थापित सामाजिक, बैचारीक, प्रादेशिक जिल्लागत लगायत विभिन्न संघ संस्थाहरुका प्रमुख तथा प्रतिनिधी, ब्यबसायि,बुद्धिजीवी ,कलाकार, पत्रकार,समाजसेवी र नेपाली कला गला र सस्कृतिलाई औधी माया गर्ने नेपाली दाजुभाई दिदिबहिनिहरुको उल्लेखनीय सहभागिता रहेको थियो । कतारको सनैया स्थित लालिगँुराश रेस्टुरेन्टमा भएको कार्यक्रममा स्वागत मन्तव्य नानू घले र लक्ष्मी गिरीको नृत्यद्वारा अतिथीहरुलाई स्वागत गरिएको थियो ।
‘हाम्रो अभियान, लोक संस्कृतिको संरक्षण, स्रष्टाको सम्मान र नवप्रतिभाको प्रोत्साहन’ भन्ने मुल नारा साथ २०५८ सालमा स्थापना भएको प्रतिष्ठानले विभिन्न रचनात्मक एवं सामजिक कार्य गदै आएको छ । नेपालका विभिन्न क्षेत्रमा प्रचलितर कुना कन्दरामा लोप हुन थालेका वा ओझेल परेका मौलिक भाकाहरुलाई प्रबासमै बसेर पनि जगेर्ना गर्ने उद्देश्य स्वरुप सन् १० नोभेम्बर २०१७ का स्थापित लोक तथा दोहिरी गीत प्रतिस्ठान नेपाल कतार साखाका सचिवालय सदस्य तिलु शर्मा पौडलले संस्थागत कार्य प्रगति बिबरण प्रस्तुत गर्नुभएको थियो । आर्थिक प्रगति प्रतिवेदन कोषाध्याक्ष ईमान सिह ठकुरीले पेश गर्नुभएको थियो ।
कतारमा सम्पन्न भएको दोस्रो अधिवेशनवाट शक्ति क्षेत्रिको अध्यक्षतामा १७ सदस्यीय कार्य समिति सदस्य चयन गरिएको छ ।
समितिको प्रथम उपाध्याक्ष शिवराम ढकाल, द्धितिय उपाध्याक्षमा ईमान सिहं ठकुरी, महिला उपाध्यक्षमा नानु घले, सचिवमा तिलु शर्मा पौडेल, सह सचिवमा रघुनाथ शर्मा, महिला सचिवमा सन्ध्या अर्याल, कोषाध्यक्षमा लेखनाथ रिमाल, सह कोषाध्यक्षमा रिदिसा चापागाई रहेका छन । महिला सदस्यमा मेनुका खतिवडा, लक्ष्मि गिरी र सदस्यहरुमा कृष्णप्रसाद ढकाल, प्रेमबहादुर गुरुङ, बिकास लामिछाने, दामोदर भुषाल, धनश्याम तिवारी, दिपेन्द्र सुनार निर्विरोध चयन हुनुभएको छ ।
