Correspondent, ParbatNepal
6 years ago
2313
पर्वत–पर्वत समाज कतारको भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तराष्ट्रिय पर्वत समाजका संरक्षक एवं गैरआवासीय नेपाली संघ -एनआरएनए_ आईसीसी उपाध्याक्ष कुल आचार्य र अन्तरािष्ट्रय पर्वत समाजकै संरक्षक गैरआवासीय नेपाली संघ -एनआरएनए_ आईसीसी सदस्य महेश श्रेष्ठले भेटघाट तथा अन्तरक्रिया गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै कुल आचार्यले समृद्ध पर्वत निर्माणमा प्रवासीहरुले अतुलनीय योगदान गरेको जिकिर गर्नुभयो । उहाँले प्रवासबाट समाजले गृह जिल्लालाई गरेका कार्यको प्रशंसा गर्नुभएको थियो । समाजले गर्ने कार्यहरूप्रति आगामी दिनमा व्यक्तिगत र संस्थागत दुवैमा सहकार्य गर्न तयार रहेको बताउनुभएको छ । एनआरएनए पनि मुलुकको समृद्धि र विकासका लागि काम गरिरहेको जिकिर गदै मुलुकलाई समृद्ध बाटो तर्फ लैजान सवैले आफ्नो क्षेत्रवाट पहल थाल्नुपर्ने बताउनु भयो । नेपाली युवाहरुले कतारमा भोगेको समस्याका विषयमा चिन्ता व्यक्त गदै आचार्यले यहाँका समस्या समाधान गर्न आफुले पहल थाल्ने बताउनु भयो । एनआरएनका नेता आचार्यले बिदेशमा आर्जन गरेको सीप र स्रोतलाई एनआरएनले नेपालको समृद्धिमा परिचालन गर्न चाहेको बताउनु भयो । नेपालमा राजनैतिक परिवर्तनपछि विकास र समृद्धिको अभियानमा गैरआवासीय नेपालीहरु सहकार्य गरेर अगडी बढ्न चाहेको उहाँको भनाई छ । नेपालमा प्रवासीको लगानी भित्राउन र समृद्धिको अभियानमा समन्वय र सहकार्य गर्न आफुले एनआरएनको नेतृत्व लिन चाहेको बताउनु भयो ।
आईसीसी सदस्य महेश श्रेष्ठले प्रवासमा रहेर पनि जिल्ला विकास र समृद्धिका लागि पर्वत समाज कतारले काम गरेको दाबी गर्नु भयो । उहाँले मुलुकमा समृद्धि भित्राउन प्रवासीको योगदान अतुलनीय रहेको जिकिर गर्नुभयो । उहाँले आफु देश तथा विदेशका युवाहरुको समस्यालाई नजिकबाट नियालेको तथा महसुस गरेको बताउँदै समग्र नेपालीको हितका लागि आफुले एनआरएनको कोषाध्याक्षमा उम्मेदवारी घोषणा गरेको बताउनु भयो । उहाँले प्रवासी नेपालीले मुलुकको समृद्धिको सुरुवात आफैबाट सुरु गर्नुपर्छ भन्ने विचार राख्दै प्रवासमा बसोबास गर्ने प्रत्येक नेपालीको समृद्धि मुलुकसँग जोडिने हुँदा यसको नेतृत्व एनआरएनले गर्ने दावी गर्नुभयो । साथै उहाँले एनआरएनएको निर्वाचनलाई सफल र सक्षम नेतृत्व चयन गर्न सवैलाई अपिल गर्नुभयो । उक्त कार्यक्रममा एनआरएन कतारका पदाधिकारी सहित विभिन्न संघसंस्थामा आवद्ध व्यक्तिहरुको उपस्थिती रहेको थियो ।
