Correspondent, ParbatNepal
6 years ago
5887
साजन परियार –फलेवास । सरकारले प्रदान गर्ने यस बर्षको उत्कृष्ट विद्यालयको पुरस्कार पर्वतको भवानी विद्यापीठ माध्यमिक विद्यालयले पाउने भएको छ । फलेवास नगरपालिका ५ खानीगाउँमा रहेको उक्त विद्यालयलाई आगामी भदौ २२ गते परेको ४० औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्र्तराष्ट्रिय साक्षरता दिवसका दिन काठमाडौंमा आयोजना हुने विशेष कार्यक्रममा पुरस्कृत गरिने छ ।
भवानी विद्यापीठ माध्यमिक विद्यालय देशभरिका समूदायिक विदालय मध्ये तेस्रो समूहमा परेको हो । भवानी सँगै माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा अन्र्तगत १२ कक्षा सम्म सञ्चालित विद्यालयबाट सामुदायिक तर्फ कास्की पोखराको अमरसिंह मावि, मोरङ् ईन्द्रपुरको सुकुना मावि क्रमशः प्रथम र द्धितीय भएका छन् । भवानी विद्यापीठ यस क्षेत्रको उत्कृष्ठ विद्यालय हो । स्थापना कालदेखी नै यस विद्यालयले साविकको धौलागिरिमै अब्बल नतिजा ल्याएर सवैलाई आश्रर्यमा पारेको छ । सुरुका केशी बर्ष थोरै अंक ल्याएका र बारि जान नसकेका छात्रछात्रालाई समेटेर पढाउन सुरु गरेको विद्यालयमा अहिले विद्यार्थीको चाप थेगिनसक्नु छ ।
२०१० सालमा स्थानीय केही अगुवाले प्राथमिक पाठशालाबाट सुरु गरेको विद्यालय २० सालमा मावि हुँदै २०६४ मा ११ र १२ कक्षासम्म पढाउने अवस्थामा आइपुग्यो । विद्यालयमा व्यवस्थापन र शिक्षाशास्त्र संकायमा ११ र १२ कक्षाको पढाइ सुरु गरेदेखि हालसम्मको नतिजा ७० प्रतिशतभन्दा बढी रहेको छ । मुस्किलले एसएलसी पास गरेका विद्यार्थी पनि यहाँ आएपछि राम्रो अंक ल्याएर पास गरेका छन् ।
व्यवस्थापन र शिक्षाशास्त्रमा पाएको सफलता र अनुभवबाट सिकेर २०६९ सालदेखि विद्यालयले विज्ञान संकायको पनि पढाइ सुरु गरेको हो। जिल्लाबाहिरका सहरमा उत्कृष्ट क्याम्पसहरूको खोजीमा जान नसकेका र कमजोर विद्यार्थी बटुलेर विज्ञान संकाय थालेको पहिलो वर्ष नै ९५ प्रतिशत नतिजा ल्याउन सफल भयो ।
समुदायबाट उठेको चन्दाबाट गुणस्तरीय शिक्षा र विपन्न र जेहेनदार ५० प्रतिशतसम्म छात्रछात्रालाई निस्शुल्क पढाइएको छ । विद्यालयको यो सफलताकै कारण अहिले जिल्लाबाहिर जाने विद्यार्थीदेखि बागलुङका समेत दुर्गम क्षेत्रबाट यहाँ आउने गर्छन् ।
