Correspondent, ParbatNepal
6 years ago
1581
पर्वत । गैरआवासीय नेपाली संघ -एनआरएनए_को निर्वाचनमा यहाँका एक व्यक्तिले सह–कोषाध्याक्षमा उम्मेदवारी दिने घोषण गर्नुभएको छ । लामो समयदेखि रुसमा व्यवसाय गर्दै आएका एनआरएनएका युरोप सहसंयोजक गोविन्दप्रसाद गौतमले केन्द्रीय सहकोषाध्यक्षमा उम्मेदवारी घोषणा दिने घोषणा गर्नुभएको हो । अमेरिकामा प्रथम अन्तराष्ट्रिय भाषा, साहित्य सम्मेलनमा भाग लिन गएका गौतमले मासाचुसेट शाखाको कार्यक्रम मार्फत आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको हो । एनआरएनएको स्थापनाकालदेखि नै विभिन्न भूमिकामा सक्रिय रहँदै आएका गौतमले आफू कर्मठ सिपाहीका रुपमा निरन्तर संस्थाको हितमा क्रियाशिल रहेको बताउँदै सह कोषाध्यक्ष पदका लागि हकदार भएको बताउनु भयो ।
पर्वतको फलेवास नगरपालिका–६ देविस्थानमा जन्मिएका गौतम १९८७ मा छात्रवृत्ति पाएर रुसको सेन्ट पिट्सबर्गमा अध्ययनका लागि पुग्नुभएको थियो । हाइड्रोपावर इन्जिन्यरिङमा स्नातकोत्तर सम्मको अध्ययन पूरा गरेका उनी रुसमा आफ्नै व्यवसाय चलाउदै आउनु भएको छ ।
एनआरएनए स्थापनादेखि नै एउटा व्यापारी क्लब र पदाधिकारीहरुले त्यो मार्फत नेपालमा आफ्नो प्रभाव देखाउन र विस्तार गर्न खोजेको भन्दै आरोपित भएको प्रशंग कोट्याउँदै गौतमले भन्नुभयोे, ‘यस्ता आरोपहरू चिर्न र विदेशमा रहने आम नेपालीको हक हित साथै स्वदेशमा गर्न सकिने योगदानका लागि मेरो भूमिका रहँदै आएको छ । आगामी दिनमा पनि हामी सबै एनआरएनहरूले मिलेर देशको विकासमा आफूलाई समर्पित गर्नुपर्छ।’
२००३ देखि एनआरएनए राष्ट्रिय समन्वय परिषद रसियाको पञ्जिकृत सदस्य भएका उनी कार्यकारी सदस्य, उपाध्यक्ष र केन्द्रीय सदस्य हुँदै २०१७ देखि युरोप सह संयोजक हुनुभएको हो । गौतमले नेपाली भाषा र साहित्य प्रवर्दन समितिको कन्भिनर भएर काम गर्ने क्रममा नेपाल प्रज्ञा प्रतिस्ठानसँगको सहकार्यमा विभिन्न भाषामा नेपाली साहित्य अनुवाद गरेर थुप्रै पुस्तक निकाल्नुभएको छ ।
एनआरएनए नेपाली भाषा र साहित्य उपसमितिका संयोजक गौतमकै नेतृत्वमा काठमाडौंमा प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा अन्तर्रा्ष्ट्रिय नेपाली कविता गोष्ठी पनि भएको थियो । जहाँ नेपालका १० उत्कृष्ट कविहरु र ५ गैर आवासीय कविहरूले कविता वाचन गरेका थिए ।
