Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1908




क्यान्सर पीडितलाई घरमै पुगेर आर्थिक सहयोग हस्तान्तरण
क्यान्सर पीडितलाई घरमै पुगेर आर्थिक सहयोग हस्तान्तरण

साजन परियार -कुश्मा_ क्यान्सर रोगबाट संक्रमित पर्वतको कुश्मा नगरपालिका का क्यान्सर पीडित मिनवहादुर परियारखड्के को उपचारमा सहयोग स्वरुप पर्वत समाज नेदरल्याण्डले ६० हजार सय ४१ रुपैयाँ नगद सहयोग गरेको

 पर्वत समाज नेदरल्याण्डका सल्लाहकार एवम् कुश्मा निवासी समाजसेवी विष्णु पोखरेलको सक्रियतामा रकम संकलन भएको थियो उक्त रकम पर्वत सेवा समाज नेपालका अध्यक्ष मुना भुषाल, सदस्य माधव पौडेल, अच्चुत पौडेल पत्रकार साजन परियारले पीडितको घरमै पुगेर हस्तान्तरण गर्नुभएको हो

राहात हस्तान्तरण कार्यक्रममा बोल्दै पर्वत सेवा समाज नेपालका अध्यक्ष भुषालले कामको सिलसिलामा विदेश गएका नेपालीहरुले जोगाएर राखेको पैसा सेवामा खर्च गर्नु निकै महान काम भएको बताउनुभयो विदेशमा दुख गरेका हातहरुले नेपालमा वसेर आर्थिक अभावमा उपचार गर्न नसकेका नेपालीहरुलाई सहयोग गर्नु उदाहरणिय कार्य  भएका बताउँदै दिनदुखीको सहयोग गर्नुनै मानविय धर्म भएको बताउनु भयो साथै उहाँले पीडित परियारको स्वास्थ्य लाभको कामना गदै मनोबल उच्च बनाउन आग्रह गर्नुभयो


अध्यक्ष भुषालले पर्वत समाज नेदरल्याण्डले आर्थिक अभावका कारण समस्यामा परेका थुप्रै व्यक्तिलाई सहयोग गरेको जिकिर गदै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो

पर्वत समाज नेदरल्याण्डका सल्लाहकार विष्णु पोखरेलले पर्वत नेपाल सँग कुराकानी गदै पीडित परिवारलाई धर्यता सँगै मनोवल उच्च राख्न सुझाव दिएको छ । पीडित परिवारलाई आगमी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गदै दिनदुखीको सहयोग सँगै जिल्लाको विकास र समृद्धिमा टेवा पु¥याउने उद्देश्यले संस्था खोलेको पोखरेलको भनाई छ ।

पीडित परियारले सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्नुभएको थियो ।


खड्केलाई सहयोग गर्ने सहयोगी मनहरु :

मनोहरि शर्मा (ठाकुर)

प्रेम रोका

विष्णु पोखरेल

झलक जिसी

भिम रोका

अमिर गुरुङ, 

झलक श्रेष्ठ

मनु गुरुङ

नारायण आचार्य 

अरुण घिमिरे

बेदराम कँडेल


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)