Correspondent, ParbatNepal
6 years ago
7976
पर्वत–पर्वतको फलेवास नगरपालिका–७ लिमिठानाका १७ बर्षिय बिमल लामिछाने १४ दिन देखी बेपत्ता भएका छन् । दुई हप्ता बिती सक्दा समेत छोरा सम्पर्कमा नआएपछि बालकका आमाबुबा र आफन्त चिन्तीत बनेका छन् ।
भवानी विद्यापीठ मा.वि खानीगाउँमा कक्षा १२ मा अध्ययनरत लामिछाने भदौ १४ गते साँझ साथीको घरमा जाने भन्दै निस्किएका थिए । १४ गते बेलुका सम्पर्कमा आएका लामिछाने अहिलेसम्म फेला नपरेको उनका बुवा बिक्रम लामिछानेले जानकारी दिनुभयो । अचनाक बेपत्ता भएपछि बालकको खोजी कार्यका लागि जिल्ला प्रहरी कार्यालयमा समेत निवेदन दिएको र प्रहरीले समेत खोजी कार्य जारी रहेको बताएको छ ।
‘साथी विदेश जाँदै छ भनेर घरवाट निस्केको हो । उनका बुवा लामिछानेले भन्नुभयो,आमाले फोन गर्दा पनि सोही कुरा भनेछ, पछि बैनीलाईलाई फोन गरेर आज घर आउँदिन, भोली आउँछु भन्दै फोन काटेछ ।’ घरबाट बेपत्ता भएको केही घण्टासम्म छोराको मोबाइलमा फोन लागेपनि त्यसपछि स्विच अफ भएका कारण बालकको अवस्था थाहा पाउन पुस्किल परेको परिवारले जनाएको छ ।
