Correspondent, ParbatNepal
6 years ago
3399
पर्वत– आन्द्रामा क्यान्सर भई लामो समयदेखी उपचाररत पर्वतको कुश्मा नगरपालिका–४ निवासी मिनवहादुर परियार‘खड्के’को उपचारमा सहयोग गर्नेहरु थपिदै गएका छन् । उपचारको क्रममा आफुसँग भएको जायजेथा सकिएपछि परियारको उपचारका लागि सामजिक सञ्जाल मार्फत सहयोगको याचना गरिएको थियो । अहिले उनको उपचारमा सहयोग गर्नेहरु वढ्दै गएका छन् ।
पछिल्लो पटक उनलाई अष्ट्रलियावाट सहयोग प्राप्त भएको छ । अष्ट्रलियामा बस्ने नेपालीले उनलाई ३ लाख २७ हजार ६ सय रुपैयाँ सहयोग गरेका हुन् ।
अष्ट्रलियामा बस्ने ¥यान्न अधिकारी, मंगल गुरुङ, बिवेक अर्याल, अनिता गुरुङ, मन्जु श्रेष्ठ, मन्जु श्रेष्ठ, सचिन क्षेत्री, अंकित खड्का, एकराज अधिकारी, स्मृति कार्की, रेणु श्रेष्ठ, अरुण थापा मगर, सुनिता न्यौपाने, अनुप भेटवाल, अन्न मल्ल, ड्रिन उप्रेती, मारी तामाङ, राज नगरकोटी, लोचन प्याकुरेल, राजन पराजुली, सबिता शर्मा, उमेश खड्का, अभिषेक भारती, अनिता लामा लगायतको विशेष पहलमा सहयोग रकम संकलन भएको थियो ।
रकम प्राप्त पश्चात सहयोगी मनहरुलाई धन्यवाद दिँदै पीडित परियारले आफ्नो उपचारमा सहयोग पु¥याउने सम्पूर्णलाई धन्यवाद दिनुभयो । आफ्नो उपचारका क्रममा धेरै रकम खर्च भइसकेकाले थप रकम जुटाउन मुस्किल परिरहेको बताउँदै आगमी दिनमा थप सहयोगको अपेक्षा गरिएको बताउनु भयो ।
अष्ट्रलियावाट आर्थिक सहयोग गर्ने सहयोगी मनहरु
