Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1397




समाजसेवी प्रकाश आचार्यद्धारा क्यान्सर पीडितलाई सहयोग
समाजसेवी प्रकाश आचार्यद्धारा क्यान्सर पीडितलाई सहयोग

असोज ,पर्वत क्यान्सर रोगवाट पीडित पर्वतको कुश्मा नगरपालिका का युवा मिन परियारको उपचारमा सहयोग गर्नेहरु थपिदै गएका छन् उपचारको क्रममा धेरै धनराशी खर्च हुने भएपछि उनको उपचारका लागि सामजिक सञ्जाल फेसबुक मार्फत सहयोगको याचना गरिएको थियो

पछिल्लो सयममा उनलाई विभिन्न सामजिक संघसंस्था प्रवासीवाट मात्र होईन व्यक्तिगत रुपमा पनि सहयोग गर्नेहरु  बढेका छन् पीडित परियारलाई शनिवार बागलुङ रामरेखा निवासी, समाजसेवी एवम् निर्माण व्यवसायी प्रकाश आचार्यले व्यक्तिगत रुपमा ३० हजार रुपैयाँ सहयोग गर्नुभएको काठमाडौ केडिकल कलेजमा उपचाररत पीडितलाई अस्पतालमा पुगेर आचार्यले सहयोग प्रदान गर्नुभएको हो

हैसला प्रदान गर्ने उद्देश्यले सानो रकम सहयोग गरेको आचार्यले बताउनु भयो एक व्यक्तिले पीडामा परेका अर्को व्यक्तिलाई सेवा गर्नु नै मानविय धर्म भएको बताउँदै अन्य व्यक्तिलाई पनि सहयोग गर्ने प्रेरण मिलोस् भन्ने उद्देश्यले सहयोग गरेको उहाँको भनाई

रकम प्राप्त पश्चात सहयोगी मनहरुलाई धन्यवाद दिँदै पीडित परियारले आफ्नो उपचारमा सहयोग पु¥याउने सम्पूर्णलाई धन्यवाद दिनुभयो आफ्नो उपचारका क्रममा धेरै रकम खर्च भइसकेकाले थप रकम जुटाउन मुस्किल परिरहेको बताउँदै सहयोग गर्न सवैलाई अनुरोध गर्नुभयो

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)