Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1751




कुल आचार्यले औपचारीक रुपमा अध्यक्षको उम्मेद्धारी घोषण गदै
कुल आचार्यले औपचारीक रुपमा अध्यक्षको उम्मेद्धारी घोषण गदै

असोज ६, पर्वत । गैरआवासिय नेपाली संघ -एनआरएनए_ का उपाध्याक्ष कुल आचार्यले मंगलवार अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्ने भएका छन् असोज २८ २९ गते काठमाडौँमा हुन लागेको विश्व सम्मेलनमा अध्यक्ष पदका प्रत्यासी रहेका भएका आचार्यले आगमी कार्यकाल -२०१९/२१_ का लागि अध्यक्ष पदमा औपचारिक रुपमा उम्मेद्वारी घोषण गर्ने भएका हुन्

मंगलवार साँझ बजे एम्पायर हल, हाई स्ट्रीट, अल्डरसट, लण्ण्डनमा आयोजित सम्मेलनमा उम्मेदवारी घोषण गर्ने उनको तयारी   ‘गैरआवासीय नेपाली संघको आगामी कार्यकाल -२०१९/२१_ का लागि अध्यक्ष पदमा उम्मेदवारी दिने निधो गरेको खबर तपाईलाई सुनाउन पाउँदा एकदमै उत्साहित छु, औपचारिक घोषणा कार्यक्रममा उपस्थित भएर हौसला बढाईदिनुहुन अनुरोध , एनआरएनए अभियानलाई नयाँ गति दिशा लैजाने अठोटका साथ भोली उम्मेदवारी घोषणा गर्छु, आचार्यले पर्वत नेपालसँग भने 

आचार्यले विभिन्न कार्यक्रममा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषण गरेपनि औपचारिक रुपमा मंगलवार उम्मेदवारी दिने भएका हुन् आचार्य सँग अध्यक्ष पदका दावेदार रहेका निर्वतमान उपाध्यााक्ष कुमार पन्तले आफ्नो उम्मेदवारी घोषण गरिसकेका छन्


 

 

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)