Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

2587




तिलाहारमा बृहत खेलकुद तथा साँस्कृतिक कार्यक्रम हुँदै
तिलाहारमा बृहत खेलकुद तथा साँस्कृतिक कार्यक्रम हुँदै

पर्वतपर्वतको तिलाहारमा एक हप्ते चौथो बृहत दशै मेला आयोजना गरिएको सामजिक कार्यमा सक्रिय पर्वतको मोदी गाउँपालिका तिलाहारमा गठन भएको तिलाहार युवा क्लवले बृहत दशै मेलाको आयोजना गरेको हो बिजयदशमी तथा शुभदिपावलीको अवसर पारेर असोज १३ गतेदेखी १८ गतेसम्म मेला आयोजना गरिएको क्लवका सदस्य अमृत लामिछानेले जानकारी दिए

कला संस्कृतिको पवद्र्धन गर्ने तथा खेलकुद क्षेत्रको विकास गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको लामिछानेले बताए सो अवसरमा वडास्तरिय खुल्ला भलिवल प्रतियोगिता ,स्कुलस्तरिय नृत्य प्रतियोगिता, घैटो फुटाउने प्रतियोगिता लठ्ठो तान्ने प्रतियोगिता आयोजना गरिएको

कार्यक्रममा राष्ट्रियस्तरका ख्याती प्राप्त कलाकारहरुको बेजोड प्रस्तुती रहने त्यस्तै भलिवल प्रतियोगितमा बिजेता प्रतियोगिलाई क्रमश नगद ५१ हजार सय ११ रुपैयाँ, दोस्रोलाई ३१ हजार सय ११   तेस्रो प्रतियोगिलाई ३१ हजार सय ११ रुपैयाँ सहित शिल्ड मेडल प्रमाणपत्र प्रदान गरिने त्यस्तै उत्कृष्ठ खेलाडी, स्पाइकर, लिपm्ट, ब्लकर, डिफेण्डरलाई ट्रफि सहित आकर्षक पुरस्कारको व्यवस्था गरिएको क्लवले जनाएको

मेलालाई सफल बनाउन विभिन्न संघसंस्था जनप्रतिनिधीसँग समन्वय गरिने भएको क्लवलाई सहयोग गर्ने सहयोगदाताहरुको ओईरो लाग्न थालेको क्लवले दिएको जानकारी अनुसार भलिबल प्रतियोगिताको प्रथम पुरस्कार अनिश दिलीप लामिछानेले प्रायोजन गर्ने भएका छन् त्यस्तै द्धितीय पुरस्कार अशोक लामिछाने तृतीय पुरस्कार सुरज लामिछानेले प्रायोजना गरेका छन् क्लवले आयोजना गरेको कार्यक्रम तिलाहार नवजागृत माविको प्राङ्गणमा भव्यताका साथ सम्पन्न हुने क्लवका अध्यक्ष कमल लामिछानेले जानकारी दिनुभयो

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)