Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1992




महत्वपूर्ण एजेण्डा सहित एनआरएनए उपाध्यक्षमा अर्जुनकुमार श्रेष्ठको उम्मेदवारी
महत्वपूर्ण एजेण्डा सहित एनआरएनए उपाध्यक्षमा अर्जुनकुमार श्रेष्ठको उम्मेदवारी

पर्वत नेपाल गैरआवासीय नेपाली संघ (एनआरएनए) को उपाध्यक्षमा पूर्वसचिव अर्जुनकुमार श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् श्रेष्ठले विज्ञप्ती जारी गर्दै २०१९२१ का लागि उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् एनआरएनएको नवौं विश्व सम्मेलन तथा राष्ट्रिय महाधिवेशन आगामी अक्टूबर १५१७ मा काठमाडौंमा हुँदैछ एनआरएन अभियानमा विश्वका ८० भन्दा बढी मुलुकबाट ६० लाखभन्दा बढी नेपाली सहभागी छन्

श्रेष्ठले उम्मेदवारी घोषणासँगै आफ्ना केही एजेन्डा अगाडि सारेका छन् गैरआवासीय नेपाली अभियान सुरु भएको १६ वर्षमा हाम्रा माग पूरा गरेर सरकारले विकास साझेदार बन्ने बाटो खोलेको , विज्ञप्तीमा लेखिएको , ‘गैरआवासीय नेपालीले उठाउँदै आएको दोहोरो नागरिकतालाई नयाँ संविधानले समेटेको तर, ऐनमार्फत पूरा गर्नुपर्ने कामका लागि निरन्तर दबाब दिन आवश्यक

गैरआवासीय नेपालीहरुको सामूहिक अभियानले नेपालमा लगानी भित्र्याएको उल्लेख गर्दै उनले सामाजिक क्षेत्रमा पनि यस अभियानले ठूलो योगदान र्पुयाएको उल्लेख गरेका छन् संयुक्त लगानीमा सञ्चालन भइरहेका परियोजनालाई अझ अगाडि बढाउनुपर्ने दायित्व , उनको भनाइ , ‘सँगसँगै नेपाल सरकारले परिकल्पना गरेको समृद्ध नेपालः सुखी नेपालीमा योगदान र्पुयाउने नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्नुपर्ने दायित्व

समृद्ध नेपाल नभएसम्म विदेशमा बस्ने कोही पनि नेपालीको व्यक्तिगत समृद्धिले अर्थ नराख्ने बताउँदै उनले मुलुकको समृद्धिका लागि लगानी भित्र्याउने कार्यमा पहल गर्ने प्रतिबद्धता जनाएका छन् विदेशमा सिकेका सीप प्रविधिलाई नेपालको विकासका लागि प्रयोग गर्ने वातावरण तयार गर्नेछु, विज्ञप्तीमा भनिएको

वैदेशिक रोजगारीमा समस्यामा परेका नेपालीको उद्दार राहतका लागि विशेष पहल गर्ने, गैरआवासीय नेपालीलाई एनआरएनएमा एकत्रित गर्दै साँच्चिकै बलियो संस्थाकोरुपमा स्थापित गर्न सक्रिय रहने नेपालमा व्यक्तिगतरुपमा भइरहेका परोपकारी कार्यलाई थप प्रोत्साहन गर्ने संस्थागत परोपकारी कामलाई प्राथमिकतामा राख्ने उनले योजना सुनाए

श्रेष्ठले एनआरएनए स्पोर्टर्स एकेडेमी स्थापना सञ्चालनका लागि सम्पूर्ण समयसहित योगदान गर्ने प्रतिबद्धता पनि जनाएका छन् । पर्वतमा जन्मिएका ४६ वर्षीय श्रेष्ठ सन् २००५ देखि बेल्जियम बस्दै आएका छन् दुई कार्यकाल एनआरएनए आईसीसी सदस्य, एक कार्यकाल यूरोप क्षेत्रीय संयोजक एक कार्यकाल सचिव भएका छन् श्रेष्ठको होटल, रेस्टुरेन्ट, रेमिट्यान्स, औषधि उद्योग, फार्मेसी, आयातरनिर्यात, ट्रेडिङ, हार्डवेयर, बैंकिङलगायतका क्षेत्रमा लगानी ।साभार : लण्डन नेपाली न्यूजवाट

 

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)